होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १५, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेपाली काँग्रेस सुदूरपश्चिमका नवनिर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण
समाचार

नेपाली काँग्रेस सुदूरपश्चिमका नवनिर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण

  • नागरिक रैबार
नेपाली काँग्रेस सुदूरपश्चिमका नवनिर्वाचित पदाधिकारीद्वारा पदभार ग्रहण

धनगढीः नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश कार्य समितिका नवनिर्वाचित पदाधिकारीले पदभार ग्रहण गरेका छन्। प्रदेश सभापति वीरबहादुर बलायरसहितका पदाधिकारी तथा सदस्यहरुले सोमबार बिहान पदभार ग्रहण गरेका हुन्। ५९ सदस्यीय कार्यसमितिका सम्पूर्ण पदाधिकारीलाई प्रमाणपत्र भने केन्द्रीय निर्वाचत समितिले दिने बताइएको छ।

बिहान ८ बजे पदभार ग्रहणको कार्यक्रममा पदाधिकारी ढिलो आएका भन्दै सभापति बलायरले आक्रोश व्यक्त गरेका थिए। उनले भने, ‘प्रदेश समिति बस होइन, रोक्न मिल्ने। रेल हो, समयमा नआए छुट्छ। बिहान ८ बजे बोलाइएकोमा अझै सबै जना आउनु भएको छैन’ उनले भने। धनगढीमा प्रदेश सरकारको बजेटमा निर्माण गरिएकोे भवनमा पार्टी कार्यालय स्थापना गरिने पनि उनले बताए। सोमबार नै प्रदेश समितिको पहिलो बैठक बसेको छ।

पूर्वमन्त्री वीरबहादुर बलायर कूल खसेका एक हजार ३ मध्ये ६ सय ८८ मत प्राप्त गरेका थिए। उनका प्रतिद्वन्द्वी नारायणदत्त मिश्रले दुई सय ८० मत प्राप्त गरेका छन्। बलायर देउवा र मिश्र पौडेल पक्षका नेता हुन्। उपसभापतिमा देउवा पक्षका जनकराज चौधरी र लोकराज अवस्थी विजयी भएका छन्। चौधरीले ६ सय १० र अवस्थीले ५ सय २३ मत पाएका छन्। महामन्त्रीमा पनि देउवा पक्षकै नरनारायण शाह र मेघराज खड्का विजयी भएका छन्।

विज्ञापन

शाहले ६ सय ४८ र खड्काले ६ सय ३५ मत पाएका छन्। सह–महामन्त्रीमा गोपालदत्त भट्ट, चिन्तामणी भट्ट र अम्बिका कुमारी चलाउनेले जित हात पारेका छन्। तीनै जना देउवा पक्षका हुन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार