नागरिक रैबार/बाजुरा २१ भदौ। बाजुरामा नेकपा एमालेका ८ जना जनप्रतिनिधिले नेकपा एकिकृत समाजवादी पार्टीमा सनाखत गरेका छन् ।
सोमबार जिल्ला निर्वाचन कार्यालय बाजुरामा पुगेर ८ जनाले नेकपा एसमा सनाखत गरेका हुन् ।
सनाखत गर्नेमा स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष चिरन्जीवी शाही, उपाध्यक्ष मिमा बुढा, त्यस्तै बुढिगंगा नगरपालिका ९ का वडा अध्यक्ष भरत थापा, बुढिनन्दा नगरपालिका वडा न ९ का वडा अध्यक्ष खडक बोहरा, बुढिगंगा नगरपालिका दलित महिला सदस्य बुदी सेराला बुढिनन्दा नगरपालिका वडा न ९ का वडा सदस्य छिङ्वा थापा र डम्मर शार्की र लक्ष्मी विक रहेका छन ।
नेकपा एमाले विभाजन बनेपछि एमालेमा रहेका उनीहरुले समाजवादी पार्टीमा सनाखत गरेका हुन् । भौगोलिक विकटताका कारण टाढाबाट जनप्रनिधिहरु आज नपुगेकोले भोलीसम्म समाजवादीमा सनाखत गर्ने संख्या बढ्ने नेकपा एकिकृत समाजबादी पार्टीका नेता पुरबहादुर रावतले बताएका छन ।
जिल्ला निर्वाचन कार्यालयमा पुगेर दल विभाजनसम्बन्धी अध्यादेशमा यही भदौ २२ गतेसम्म नयाँ दल रोज्न पाउने व्यवस्था गरिएको जनाइएको छ । सोही अवधिमा नागरिकता, मतदाता परिचयपत्र, निर्वाचित भएको प्रमाणपत्रसहित स्वयं उपस्थित भएर सनाखत गर्न सकिने निर्वाचन कार्यालयले जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु