होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, अशोज २५, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • ओली सरकारका निर्णय उल्ट्याए आन्दोलन गर्ने महेश बस्नेतको चेतावनी
राजनीति

ओली सरकारका निर्णय उल्ट्याए आन्दोलन गर्ने महेश बस्नेतको चेतावनी

  • नागरिक रैबार
ओली सरकारका निर्णय उल्ट्याए आन्दोलन गर्ने महेश बस्नेतको चेतावनी

नेकपा एमालेका नेता महेश बस्नेतले नेकपा एमालेलाई जेठ २ को अवस्थामा फर्काउने कुरा जन्मेको बच्चा पुन पेटभित्र राख्नुजस्तै भएको टिप्पणी गरेका छन् । शुक्रबार एमाले निकट युवा संघको बैठकलाई सम्बोधन गर्दै नेता बस्नेतले माधव नेपाल पक्षले भनेजस्तो एमाले अब जेठ २ को अवस्थामा फर्कने कुनै सम्भावना नभएको बताए ।

‘एमाले अब जेठ २ गतेको अवस्थामा पुग्न सम्भव छैन । यो त जन्मेको बच्चा पेटभित्र पठाउ भनेजस्तो हो’ बस्नेतको भनाइ छ । उनले केही नेताहरु अनेक आर्थिक प्रलोभन, ठेक्कापट्टा र मन्त्री बन्ने लोभमा देउवाको पक्षमा मतदान गर्न गएको भन्दै उनीहरु नेताहरुलाई पार्टीमा फर्कन यही साउन २४ गतेसम्मको अध्यक्षले म्याद दिएको र त्यसलाई कमजोरी नठान्न चेतावनी दिए ।

‘देउवालाई मत दिन गएका साथीहरु अहिले घर न घाटको भएका छन् । न बालुवाटारको न बालकोटको ? २४ गते केन्द्रीय कमिटी बैठक बस्दै छ त्यसबेला सम्म निर्णय गर्नुस् पार्टीमा फर्कनुस्’ बस्नेतको सुझाव छ । उनले युवा संघ भूमिहीन र सुकुम्वासीको पक्षमा लाग्ने भन्दै युवा संघले क्रान्तिलाई सपोर्ट हुनेगरी अघि बढ्ने बताए । उनले अघिल्लो सरकारले गरेका काम उल्ट्याए युवा संघले विद्रोहको नेतृत्व गर्ने चेतावनी दिए ।

‘विगतको सरकारले गरेका काम वर्तमान सरकारले उल्ट्यायो भने जनताको आन्दोलन फेरि उठ्छ । त्यो आन्दोलनलाई राष्ट्रिय युवा संघले सशक्त नेतृत्व गर्छ’ बस्नेतको भनाइ छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ४ हप्ता अगाडि