होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन २२, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • लुटपाटको झुठो उजुरी दिने मामा-भान्जा पक्राउ
समाचार

लुटपाटको झुठो उजुरी दिने मामा-भान्जा पक्राउ

  • नागरिक रैबार
लुटपाटको झुठो उजुरी दिने मामा-भान्जा पक्राउ

२२ साउन, जनकपुरधाम । महोत्तरी प्रहरीले लुटपाटको झुठो उजुरी दिएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।सोनमा गाउँपालिका–१ बस्ने ३७ वर्षीय मोलाजिम मोमिन र जलेश्वर नगरपालिका–९ बस्ने ऐनुल अन्सारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरु मामा–भान्जा हुन् ।

मेलाजिमले मामाको घरबाट ३ लाख रुपैयाँ लिएर गत साउन १९ गते घरतिर आइरहँदा सोनमा गाउँपालिका १ बाट उक्त रकम लुटपाट भएको भन्दै प्रहरीमा मौखिक उजुरी दिएका थिए ।

उनले सोनमा गाउँपालिका–१ बस्ने ५२ वर्षीय तौकिर अन्सारी, २२ वर्षीय इन्जाम आलम, २१ वर्षीय समिरुल अन्सारी, २२ वर्षीय असरफ अन्सारी र २४ वर्षीय सगिर अन्सारी समेतले रकम लुटेर फरार भएको जानकारी इलाका प्रहरी कार्यालय गौशालालाई गराएका थिए ।

मौखिक उजुरी प्राप्त भएपछि खटिएको प्रहरी टोलीले आरोपितहरुलाई नियन्त्रणमा लिई उजुरीकर्ता मोलाजिम र उनको मामा ऐनुललाई समेत इलाका प्रहरी कार्यालय गौशालामा उपस्थित गराएको थियो । अनुसन्धान गर्दा मोमिनले मामा घरबाट रुपैयाँ लिएर आएको नदेखिएको महोत्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी प्रकाश विष्टले जानकारी दिए ।

आफ्नो गाउँघरको झै–झगडाको रिसिइबीका कारण झुठो उजुरी गरी फसाउने नियत देखिएकाले मामा–भान्जालाई नियन्त्रणमा लिई सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि