होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन ९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाइते
समाचार

जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाइते

  • नागरिक रैबार
जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाइते

२२ असार, सुर्खेत । कालीकोटको रास्कोट नगरपालिका-७ मा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् ।

रास्कोटबाट मान्मा जाँदै गरेको क१ज २३ नम्बरको जीप रोटेकालापानीमा दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी अर्जुन चन्दले जानकारी दिए ।

एसएसपी चन्दका अनुसार दुर्घटनामा परी रास्कोट नगरपालिका -३ की ३५ वर्षीया पम्फा फडेराको मृत्यु भएको हो । मंगलबार बिहान भएको दुर्घटनामा अन्य चार जना घाइते भएको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

जीपमा १४ जना यात्रु सवार थिए ।

घटनास्थलबाट घाइतेहरुको उद्धार गरी सामान्य उपचारपछि घर पठाइसकिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गाडी भिरालो र चिप्लो बाटोका कारण सडक छेउमा पल्टिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ४ दिन अगाडि

भर्खरै