होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन २२, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘संसदीय दलको आफ्नै अधिकार र कार्यक्षेत्र हुन्छ’
समाचार

‘संसदीय दलको आफ्नै अधिकार र कार्यक्षेत्र हुन्छ’

  • नागरिक रैबार
‘संसदीय दलको आफ्नै अधिकार र कार्यक्षेत्र हुन्छ’

धनगढी : एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहले अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण बुझाएका छन् । ओलीले ४८ घण्टे स्पष्टीकरण सोधेपछि नेता शाहले सात बुँदामा जवाफ पठाएका हुन् । स्पष्टीकरणमा पार्टीको विधानविपरित गुटबन्दी र षडयन्त्र गरेको, निष्ठाबाट च्यूत भएको, विपक्षीसंग साठगाठ गरेको, गोपनियता भंग गरेको लगायतका आरोप लगाइएकोमा नेता शाहले सबै आरोप निराधार भएको बताएका छन् । उनले ससंदीय दलको निर्णयअनुसार नै माओवादी नेतृत्वको सरकारलाई समर्थन गरेको पनि स्पष्ट पारेका छन् ।

‘सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको जिम्मेवारपूर्ण निर्णयको पालना गर्दा मैले पार्टीको नीति निर्देशन अवज्ञा गरेको ठहरिदैन् । वर्तमान संघीय शासन प्रणालीमा प्रदेश सभा, प्रदेश सरकार तथा प्रदेश सभा संसदीय दलको आफ्नै अधिकार र कार्यक्षेत्र रहेको तथ्यबारे मैले थप भनिरहनु परेन्,’ शाहले बुझाएको स्पष्टीकरणको जवाफमा भनेका छन् ।

यसअघि प्रदेश अध्यक्ष कर्ण थापा र राजेन्द्र रावललाई दिएको स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै बिहीबार अध्यक्ष ओलीले नै शाहलाई स्पष्टीकरण सोधेका थिए । प्रदेश सचिव रावलले मेलमार्फत शाहको स्पष्टीकरण प्राप्त भएको बताउँदै अध्यक्ष ओली, महासचिव ईश्वर पोख्रेल र एमाले पार्टी सचिव शेरबहादुर तामाङलाई पठाइएको जानकारी दिए । अध्यक्ष ओलीले शाहलाई सोधिएको स्पष्टीकरणमा पार्टी केन्द्रले समर्थन फिर्ता लिइसकेको अवस्थामा विपक्षी दलको प्रदेश सरकारको मन्त्री पदमा किन रहेको ? भन्ने सोधिएको छ । इकागजबाट साभार

विज्ञापन

https://drive.google.com/file/d/1ZFMjQ9K_at-zS4a_Ow3ZDK1hjYBTn5v3/view

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि