२३ बैशाख , बाजुरा । राजेश पायल विकद्धारा निर्देशित बाजुराली भाषामा तयारी पारिएको जनचेतनामुलक लघु चलचित्र कोरोना कहर सार्वजनिक भएको छ ।
विश्वभर फैलिरहेको कोरोना भाइरस (काभिड १९) ले विश्वनै अक्रान्त भएको बेला सचेताना फैलाउन बाजुराले भाषामा तयार पारिएको कोरोना कहर लघु चलचित्र सार्वजनिक गरेको हो ।
यो चलचित्रमा कोरोना कहरको बेला भारतबाट आएका सर्वसाधारणहरुलाई क्वारेन्टाइनमा राख्ने, पहुच भएकाहरुलाई क्वारेन्टाइनमा नराखि सिदै घर पठाउने, क्वारेन्टाइन भित्र पनि विभिन्न किसिमका समस्या हुने र स्वास्थ्यमा सुरक्षा तथा गाउँ- गाउँमा सचेतना फैलाउने जस्ता सामाग्रीसहित चलचित्र तयारी पारिएको छ ।
उक्त लघु चलचित्रको राजेश पायल विकले निर्देशन गरेका हुन । सह–निर्देशक बसन्त चन्द गरेका हुन । उक्त चलचित्रको प्रेम नेपालीले शब्द लेखनका थिए । छायांकन र दृश्य सम्पादन तपेश जोन बि.सीले गरेका हुन । बाजुराली भाषामा तयार पारेको लघु चलचित्र जात्रा नेपालको युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ ।
प्रेम नेपाली, विनोद विक, बसन्त चन्द चदारा, पदम बाबु रावल, गोपाल विक, राम नेपाली, रचना खड्का, रंगिला उखेडा लगायतका कलाकारहरुले उक्त चलचित्रमा अभिनय गरेका छन् । बडीमालिका नगरपालिका–३ रजाली र मालिका माध्यामि विद्यालयमा छायांकन गरिएको हो ।
अघिल्लो वर्ष पहिलो कोरोना भाइरस भेरियन्टमा कोरोना कहर सम्बन्धि सचेताना फैलाउने छोटो चलचित्र तयार पार्ने बाचा गरे अनुरुप यो वर्ष सचेतना फैनाउन कोरोना कहर छोटो चलचित्र तयारी पारी सार्वजनिक गरेको निर्देशक राजेश पायल विकले बताएका छन् ।
गत बर्षदेखि अहिलेसम्म कारोनाबाट घटेका घटनाहरुलाई समेटेर बनाईएको लघु चलचित्र कारोना कहर आज बजारमा ल्याएकाे उनले बताए ।
सजिलैसंग बुझ्ने र कोरोना कहरमा सचेत बनाउन बाजुराली स्थानीय भाषामा उक्त चलचित्र तयार गरेका विकले बताए । उनले बाजुराली जनताहरुबीच कोरोना सम्बन्धि सचेत फैलाउनाको लागि बाजुराली भाषामा उक्त चलचित्र तयार पारेको बताए ।
भिडियाे हेर्नुहाेस्
https://www.youtube.com/watch?time_continue=14&v=VrBOtU1RLUU&feature=emb_logo
फेसबुक प्रतिक्रियाहरु