धनगढी: बाजुराको बुढीनन्दा नगरपालिकाकी उपप्रमुख सृष्टि रेग्मीलाई कोरोना भाइरसको संक्रमण फेला परेको छ। ऐन्टिजेन विधिबाट परीक्षण गर्दा बिहीबार कोरोना संक्रमण देखिएको उनले बताइन।
बिगत ३ दिनदेखि सुख्खा खोकी र शरीर दुख्ने समस्या भएपछि परीक्षण गर्दा कोरोना संक्रमण फेला परेको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएकी छन्।
उनले हाल स्वासप्रस्वासमा कुनै समस्या नदेखिएको बताएकी छन्। आफु होम आइसोलेसनमा बसीरहेको बताउँदै उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई सावधानी अपनाउन अनुरोध गरेकी छन्
फेसबुक प्रतिक्रियाहरु