नागरिक रैबार/बाजुरा २२ फागुन। लडेर घाइते भएका नेपाल समाचार पत्र बाजुरा समचारदाता पत्रकार दयाराम पण्डितकाे उपचारकाे लागि आर्थिक सहयोग गरिएको छ ।
एक हप्ता अगाडी समाचार संकलनका लागि दुर्गम गाउँ बिच्छ्यामा गएका पत्रकार पण्डित लडेर घाईते भएका थिए । उनको उपचार बाजुरामा सम्भव नभएपछि अहिले नेपालगन्जमा उपचाररत रहेका छन् । उनकाे उपचारका लागि भन्दै किनारा न्युज र बडीमालिका नगरपालिकाले नगद पचास हजार रकम सहयाेग गरेको छ ।
घाईते भएका पत्रकार पण्डितको उपचारका लागि किनारा न्युज र बडीमालिका नगरपालिकाले उपलव्ध गराएको साे रकम एक कार्यक्रमका विच सो रकम पत्रकार पण्डितका नेपाली काँग्रेसका सभापति कविराज पण्डितले हस्तान्त्रण प्रेश युनियन बाजुराका सचिव प्रशान्तराज जोशीले बताएका छन ।
पत्रकार पण्डितका लागि सहयोग गरिएकाे सो रकम पत्रकार पण्डितकै नाममा रहेकाे खातामा जम्मा गरिएकाे जम्मा भोचर उनका आफन्त मथुराराज पण्डितलाइ हस्तान्तरण गरिएकाे प्रेश युनियन बाजुराले जनाएकाे छ ।
रेडियो नेपाल र नेपाल समचारपत्रका बाजुरा संवाददाता तथा नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य दयाराम पण्डित जिल्लाकै दुर्गम हिमाली गाउँपालिकाको वडा नं १ घट्टेबगरमा रिर्पोटिङ्गका क्रममा फोटो खिच्दा चिप्लीएर घाइते भएका थिए । अहिले पत्रकार पण्डितको नेपालगन्जमा उपचार भइरहेकाे छ ।
फेसबुक प्रतिक्रियाहरु