होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, साउन १२, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • माटोको ढिस्कोले पुरिएर ३ जनाको मृत्यु, २ घाइते
समाचार

माटोको ढिस्कोले पुरिएर ३ जनाको मृत्यु, २ घाइते

  • नागरिक रैबार
माटोको ढिस्कोले पुरिएर ३ जनाको मृत्यु, २ घाइते

कैलाली । घर पोत्ने माटो लिन गएका ३ जना महिलाको ढिस्कोले पु्रिएर मृत्यु भएको छ । कैलालीको जानकी गाउँपालिका ९ पुर्वीखैरी फाँटामा माटोको ढिस्को खस्दा उनीहरुको मृत्यु भएको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले रातोपाटीलाई जानकारी दिए ।

आज १२ बजे माटोको ढिस्कोले ५ जना पुरिएका थिए । जसमा २ जनाको घटना स्थलमा मृत्यु भएको र १ जनाको उद्धार गरी अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको उनले बताए ।
मृत्यु हुनेमा २० वर्षीया भावना वडू, १७ वर्षीया धनसरी विक र ३१ वर्षीया गंगा जयगडी रहेका छन् ।

घाइते वर्षीया अन्जु जयगडी र काजल विकको टिकापुर अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १ हप्ता अगाडि

भर्खरै