होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, अशोज १५, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाज
  • काँग्रेसको केन्द्रिय सदस्यमा लड्ने महाँ नेपालीको घोषणा
समाज

काँग्रेसको केन्द्रिय सदस्यमा लड्ने महाँ नेपालीको घोषणा

  • नागरिक रैबार
काँग्रेसको केन्द्रिय सदस्यमा लड्ने महाँ नेपालीको घोषणा

नागरिक रैबार/बाजुरा १९ मंसिर। नेपाली काँग्रेस बाजुराका महाधिवेशन प्रतिनिधि तथा पूर्व संविधान सभा सदस्य महाँ नेपालीले काँग्रेसको आशन्न १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने बताएका छन् ।

यस अघि काँग्रेस बाजुराको ७ औं जिल्ला अधिवेशनमा महाधिवेशन प्रतिनिधिीमा लोकप्रिय मत पाएर विजयी बनेका नेपालीले दलित समावेशीकोे तर्फबाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिने बताएका हुन्।

प्रधानमन्त्री शेरबहादुर देउवा निकट मानिने नेपालीले काँग्रेसलाई सुदृढ र बलियो बनाउन आफ्नो उम्मेदवारी केन्द्रिय सदस्यमा रहने बताए । उनले दलित समावेशी तर्फबाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिन लागेकोले काँग्रेसका सवै महाधिवेशन प्रतिनिधिहरुलाई समेत यस पटक सहयोग गर्न आग्रह गरेका छन् ।

विज्ञापन

बाजुराको खप्तड क्षेडेदह गाउँपालिकाको एक सामान्य दलित परिवारमा जन्मेका नेता नेपाली २०६४ सालमा बाजुराबाट नेपाली काँग्रेसको तर्फबाट समानुपातिक सभासद बनेका थिए । नेता नेपालीले गाउँदेखि जिल्ला हुँदै केन्द्र सम्म काँग्रेसका सवै नेता तथा कार्यकर्ताहरुसंग राम्रो सम्वन्ध बनाएका छन् ।

उनले भने सवैको साथ सहयोगले आफु यस पटक काँग्रेसको केन्द्रिय सदस्यमा उम्मेदवारी दिन लागेकोले सवैले सहयोग गर्न समेत उनले आग्रह गरेका छन् । काँग्रेसकाे १४ औं महाधिवेशन यही मंसिर २६ गतेदेखि काठमाण्डाैँमा सूरु हुने भएकाे छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध
देश/प्रदेश
पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध

मुलुकका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढी-पहिरोका कारण प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ वरुणस्थित कोशी राजमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका-३ एकुवास्थित कोशी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका हुन् । त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ पासाङल्हामु राजमार्गस्थित नेपाल-चीन जोड्ने मितेरी पुल, चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिङ-नारायणघाट […]

  • ६ दिन अगाडि