नागरिक रैबार/बाजुरा १९ असोज। नेपाली काँग्रेस जिल्ला कार्यसमितिको सभापति पदमा ३ जनावीच प्रतिष्पर्दा हुँदैछ ।नेपाली काँग्रेस बाजुराको नेतृत्व चयनका लागि मंगलबार विहान १० बजेबाट मतदान प्रक्रिया सूरु भईसकेको छ ।
बाजुराको पार्टी सभापतिका लागि देउवा पक्षबाट वर्तमान पार्टी सभापति कविराज पंडितसहितको टिम छ भने पौडेल-सिटौला पक्षबाट त्रिवेणी नगरपालिकाका नगरप्रमुख रामसिंह रावलको टिम छ । त्यस्तै युवा नेता चक्र शाह मध्येमाग्री समूहबाट चुनावी मैदानमा उत्रिएका छन् ।
कांग्रेसको १४ औँ महाधिवेशन तथा ७ औँ जिल्ला अधिवेशनमा पार्टी सभापतिका लागि तीन जनाविच कडा प्रतिष्पर्दा हुने देखिएको छ । गत शनिबारदेखि सुरु भएकोे सातौँ जिल्ला अधिवेशनको तेस्रो दिनसम्म आईपुग्दा पार्टी सभापति लगायतका पदहरुमा सहमति हुन नसकेपछि तिन समूह चुनावी मैदानमा उत्रिएका हुन् ।
आजबाट सूरु भएको निर्वाचन प्रक्रियामा सभापति १ जना, उपसभापति २ जना, सचिव २ जना, सह-सचिव २ जना र ३८ जना जिल्ला कार्य समिति सदस्य र २५ जना केन्द्रिय महाधिवेन प्रतिनिधीका लागि मतदान हुँदैछ ।
फेसबुक प्रतिक्रियाहरु