होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, मंसिर ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • धगनढीमा फेरि देखिन थाल्यो बाघ
देश/प्रदेश

धगनढीमा फेरि देखिन थाल्यो बाघ

  • नागरिक रैबार
धगनढीमा फेरि देखिन थाल्यो बाघ

धनगढी : धनगढीका विभिन्न क्षेत्रमा फेरि बाघ देखिन थालेको छ। उपमहानगरपालिकाको वडा नम्बर ३ का विभिन्न टोलमा बाघ देखिन थालेपछि त्रास बढेको स्थानीयले बताएका छन्। वडा नम्बर ३ का पदम बिष्टले बाघले आतङ्क मच्चाउन थालेको गुनासो गरे।

‘वडा नम्बर ३ मै रहेको डिलाशैनी सामुदायिक वन भएर आउने बाघ बेलाबेला बस्ती पसेको छ। अहिलेसम्म चार बाख्रा र दुई बाच्छा मारिसकेको छ,’ उनले भने। सामुदायिक वनमा उचित तारबारको व्यवस्था नहुँदा रातिको समयमा बाघ बस्तीमा प्रवेश गरिरहेको उनले बताए।

नजिकै दुधुवा नेशनल पार्क रहेको र त्यहाँबाटै बाघ डमरुसहित नेपाल पसेको हुनसक्ने स्थानीय बताउँछन्। यो समयमा डमरु हुर्काउन पोथी बाघ धनगढी भन्सार नजिकै मोहना तटिय क्षेत्रमा पुग्ने गरेको छ। यस वर्ष पनि पोथी बाघ र बच्चाका पाइलाका छापा मोहना तटिय क्षेत्रको बालुवामा देखिन थालेको हो।

विज्ञापन

मोहना नदीमा पछिल्लो समयमा स्थानीयले संरक्षण गर्न थालेपछि नदी किनारमा खर र झाडीले भरिएको छ। बाघ दुधुवा नेशनल पार्कबाट मोहना–लालझाडी करिडोर हुँदै सोही खर र झाडीमा लुक्दै भन्सार नजिकै पुग्ने गरेको छ। दुधुवा नेशनल पार्कमा डमरुलाई जन्म दिएपछि उनीहरुलाई बचाउनका लागि पोथी बाघ डमरुसहित नेपालतर्फ आउने गरेको छ।

भाले बाघले भर्खरै जन्मेका डमरु खाइदिने भएकाले पोथी बाघ डमरु सुरक्षित गर्न नेपालतर्फको जंगलमा आउने गरेका छन्। वर्षौदेखि दुधुवा नेशनल पार्कबाट बाघ नेपालतर्फको मोहना–लालझाडी करिडोर हुँदै सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको राजधानी बनाउने निर्णय गरेको गोदावरीको तेघरी जंगल हुँदै पूर्वतर्फको भावर क्षेत्रमा हिँडडुल गर्ने गरेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै