होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • उपप्रधानमन्त्री महतोको कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन सक्दैन : गौतम
राजनीति

उपप्रधानमन्त्री महतोको कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन सक्दैन : गौतम

'प्रधानमन्त्री ओलीले राजेन्द्र महतोले सञ्चालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चार्य चकित भएको छु'

  • नागरिक रैबार
उपप्रधानमन्त्री महतोको कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन सक्दैन : गौतम

काठमाडौँ — नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गौतमले उपप्रधान एवं सहरी विकासमन्त्री राजेन्द्र महतोले सञ्चालन गरिरहेको आन्दोलन नेपाललाई विखण्डन गर्ने भएको बताएका छन् ।

उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्रीको शपथ र पदभार ग्रहण गरेपछि शुक्रबार महतोले आफ्नो बहुल राष्ट्रिय राज्य स्थापनाको लागि तयारी गर्ने काम अगाडि बढाउँदै जाने र विगतका आन्दोलनका माग सम्बोधन गर्दै जानकारी लागि सरकारमा सहभागी भएको बताएका थिए ।

उपप्रधानमन्त्री महतोको उक्त अभिव्यक्तिको नेता गौतमले विरोध गरेका छन् । गौतमले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत महतोको योजना नेपाललाई विभाजन गर्ने रहेको उल्लेख गरेका छन् ।

विज्ञापन

‘राजेन्द्र महतोले अहिले पनि सञ्चालन गरिरहेको त्यो कथित आन्दोलन नेपाललाई विखण्डन गर्ने भन्दा अर्को हुन सक्दैन । नेपाललाई विघटन गर्ने आन्दोलनलाई कुनै पनि देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन । राजेन्द्रजीको त्यो मागलाई अस्वीकार र विरोध मात्र गर्न सकिन्छ,’ गौतमले लेखेका छन्, ‘प्रधानमन्त्री श्री केपी ओलीले राजेन्द्र महतोले सञ्चालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चार्य चकित भएको छु ।’

संविधानको मर्म विपरीत कार्य गर्ने छैन भनेर शपथ ग्रहण गरैको आधा घण्टा नबित्दै महतोबाट आएको उक्त अभिव्यक्तिले आफू दुःखी भएको गौतमको भनाइ छ । ‘नेपाल सरकारका उपप्रधानमन्त्री एवं जसपाका नेता राजेन्द्र महत्तोले संविधानको मर्म विपरित कार्य गर्नेछैन भनी शपथ ग्रहण गरेको आधा घण्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आफूले अहिले पनि संचालन गरिरहेको अन्तरवार्ता सुन्दा म अत्यन्त दुःखी भएको छु,’ उनले लेखेका छन् ।

नेपालमा एउटा मात्र राष्ट्र र एउटा मात्र राज्य भएको भन्दै त्यस्ता अभिव्यक्ति ठीक नभएको गौतमको भनाइ छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार