होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • जिल्ला अस्पताल बझाङमा अक्सिजन उत्पादन सुरु
देश/प्रदेश

जिल्ला अस्पताल बझाङमा अक्सिजन उत्पादन सुरु

  • नागरिक रैबार
जिल्ला अस्पताल बझाङमा अक्सिजन उत्पादन सुरु

बझाङ: जिल्ला अस्पताल बझाङमा स्थापना भएको अक्सिजन प्लान्टबाट उत्पादन सुरु भएको छ।सुदूरपश्चिम प्रदेश सरकारले विनियोजन गरेको ८० लाख रकमले जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको थियो। उक्त प्लान्टबाट शुक्रबार परीक्षण उत्पादन सफल भएको जिल्ला अस्पतालका डाक्टर मिलन खड्काले बताए। अब आइतबारबाट नियमित उत्पादन हुने उनले बताए।

केही दिनभित्र १६ वटा बेडमा पाइपमार्फत अक्सिजन पु¥याउने प्रविधि पनि सञ्चालनमा आउने अस्पतालले जनाएको छ।प्रदेशको सामाजिक विकास मन्त्रालयले गत वैशाख ६ गते ८० लाखका दरले पहाडी ६ जिल्ला र टीकापुर अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि आशयपत्र पठाएको थियो। जसमध्ये बझाङ अक्सिजन प्लान्ट जडान गर्ने पहिलो जिल्ला भएको छ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार