होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन २२, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मृगौला प्रत्यारोपणका लागि सहयोग माग्दै अछामका पत्रकार
समाचार

मृगौला प्रत्यारोपणका लागि सहयोग माग्दै अछामका पत्रकार

  • नागरिक रैबार
मृगौला प्रत्यारोपणका लागि सहयोग माग्दै अछामका पत्रकार

अछामका ध्रुव बीसी पेसाले पत्रकार हुन् । तर, उनले कलम नसमाएको ठ्याक्कै एक वर्ष भयो । हिमालय टेलिभिजन, नयाँ पत्रिका दैनिकका सम्वाददाता एवं अछामको रेडियो सोसाइटी एफएमका कार्यकारी निर्देशक रहेका बीसी उच्च रक्तचापका कारण दुबै मृगौला फेल भएर हाल भक्तपुरको घर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र अनि निदान हस्पिटल पुल्चोकमा हप्ताको २ पटक डायलासिस गरेर बाँचिरहेका छन् ।

छाउपडीका कथा, दुरदराजका समस्या एवं वास्तविकताको आवाज बोल्ने एउटा सक्रिय पत्रकार आज यसै ढलिरहेछ । ‘उनी भन्छन्, कयौँ वैकल्पिक उपचार पद्दति अपनाउँदा एक वर्ष बित्यो । तर, मेरो स्वास्थ्य झनझन बिग्रँदै गइरहेको छ । अहिलेसम्म उपचार लगायत सबै खर्च गरेर करिब १८ लाख सकियो । तर, अन्तिममा तत्काल मृगौला प्रत्यारोपण गर्नुपर्ने भयो ।’

तत्काल मृगौला प्रत्यारोपण नगरे डाक्टरले ज्यान नै जोखिममा हुने उनलाई बताएका छन् । नयाँ मृगौला फेर्नका लागि निकै ठूलो रकम आवश्यक पर्ने हुँदा अहिले उनी आर्थिक सहयोगका लागि आग्रह गरिरहेका छन् ।

पत्रकार बीसी भन्छन् ‘जीवनको अन्तिम घडीमा एकपटक यहाँहरुको सहयोगको आशा गरेको छु, मलाई बचाउनुहोस् ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि