चक्र बहादुर अएडी , माघ २३ बाजुरा ।
त्रिवेणी नगरपालिका वडा नम्वर ९ अन्तरर्गत प्रर्ने मलालगाउँमा रहेको रंग विस्टको घरमा आगलागि भएको छ । विहिवार राति करिव ११ बजे आगलागि हुदा घरमा राखेको नगद एक लाख पचास हजार रुपैयाँ , सुन र अन्य लत्ताकपडा , धान , गहँु, कोदो लगाएत गरि पाँच लाख बरावरको क्षेतिएको स्थानिय गोविन्द्र बहादुर विस्टले बताए । आगलागि हुदा सम्पुण घर भित्रमा रहेको सामान जलेर नस्ट भएको बडिमालिका प्रहरि चौकि पैमाले बताएको छ । प्रहरिका अनुसार मानविय क्षेति भने नभएको बताएको छ । आगो के कति करण ले लागेको हो भन्ने कुनै पनि जानकारि नभएको स्थानियले राम बहादुर रावले बताए । तर प्रहरिका अनुसार खाना बनाएको चुलो बाट लागेको हुन सक्ने अनुमान गरेको छ ।
आगलागि हुदा सम्पतिको नाममा त्यहि घर भएको र शरिरमा लगाएको एकसरो कपडा मात्र बाँकि रहेको पिडित रंग विस्टले बताए । पिडित विस्ट संग दुई सानी छोरी रहेको र श्रीमतिको केहि वर्ष पहिले आर्थिक अभावका कारण उपचार गर्न नसकेर मृत्यु भएको थियो । अहिले उहाँलाई वास वस्नको लागि आफ्नो पुरानो घर भएपनि खान , देखिलिएर लत्ता कपडाको समस्या भएको छ । पिडित विस्टका अनुसार अव आफुलाई त्यस्तो कुनैपनि आयश्रोत नभएकोर अरुको घरमा ज्यालामजदुरी गरि छाक टार्दै आएको बताए । आफ्नो छोरिहरुको लागि भएपनि कोहि सहयोगि हातहरुलाई सहयोग मागिराख्नु भएको छ ।
फेसबुक प्रतिक्रियाहरु