धनगढी : सुदूरपश्चिम प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष युवराज कुँवरले ज्यान मार्ने धम्की दिएको आरोप लागेको छ। अनेरास्वियूका केन्द्रीय सदस्य हेमन्त रेग्मीले कुँवरले आफूलाई ज्यान मार्ने धम्की दिएको आरोप लगाएका हुन्।
‘धनगढीमा म मोटरसाइकलमा सवार हुँदा कुँवरले सरकारी गाडीमा आएर मलाई ठक्कर दिन खोजे,’ रेग्मीले दिनेशखबरलाई भने, ‘म अगाडि बढ्दा गाडी अगाडी बढाए र पछाडी जान खोज्दा चक्का मोडे। तलाई मार्छु भन्दै धम्कीसमेत दिए।’
उनले कुँवरविरुद्ध जिल्ला प्रहरी कार्यलय कैलालीमा निवेदन दिएको बताए। कुँवर र रेग्मीबीच शुक्रबार साँझ पनि धनगढीमा विवाद भएको थियो। यता सुदुरपश्चिम प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष कुँवरले भने आफुले ज्यान मार्ने धम्की नदिएको बताउँदै भने, ‘आफ्नो बारेमा सार्वजनिक रुपमा कुरा काट्दै हिड्न थालेपछि सम्झाएको मात्रै हुँ।’
यता जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले घटनाबारे ठाडो निवेदन आएको जानकारी दिए। ‘ठाडो निवेदन आएको छ। अनुसन्धान बाँकी छ,’ प्रहरी नायब उपरीक्षक बिष्टले दिनेशखबरलाई भने।दिनेश खबरबाट साभार
फेसबुक प्रतिक्रियाहरु