होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, अशोज १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • सर्वोच्च अदालतले ओली सरकारलाई सिस्नुपानी लाएकै हो : सांसद रायमाझी
राजनीति

सर्वोच्च अदालतले ओली सरकारलाई सिस्नुपानी लाएकै हो : सांसद रायमाझी

  • नागरिक रैबार
सर्वोच्च अदालतले ओली सरकारलाई सिस्नुपानी लाएकै हो : सांसद रायमाझी

राष्ट्रियसभा सदस्य रमेशजङ्ग रायमाझीले सर्वोच्च अदालतले पूर्ववर्ती सरकारलाई ‘सिस्नुपानी लगाएको’ प्रस्ट पारेका छन् । राष्ट्रियसभाको बुधबार बसेको बैठकमा उनले संविधानको खिलाप हुने गरी पटक पटक संसद विघटन गरेपछि सर्वोच्च अदालतले सिस्नुपानी लाउनु परेको बताए ।

उनले सर्वोच्च अदालतले प्रतिनिधिसभाका १४६ सांसदको माग बमोजिम नै परमादेश जारी गरेको दावी गरे । त्यो परमादेश संविधानमै टेकेर भएको उनको भनाइ थियो । अदालतप्रति विश्वास थिएन भने मुद्दामा भाग लिन्न भनेर किन नभनेको भन्दै उनले प्रतिपक्षसँग प्रश्नसमेत गरे । उनले प्रश्न गरे, ‘आफ्नो पक्षमा निर्णय भए जनादेश, आफ्नो विपक्षमा निर्णय हुनेबित्तिकै परमादेश हुने ?’

केपी शर्मा ओली सत्तामा हुँदा राष्ट्रियसभाको गरिमा राखेर बोल्नुपर्छ भनेको बेलाबखत सुन्ने गरिएको स्मरण गराउँदै उनले प्रतिपक्षमा पुगेपछि त्यो शिष्टता हराएछ भन्दै व्यङ्ग्यसमेत गरे । निर्दलीयताको अभ्यास हुन थाल्यो भनेर प्रतिपक्षबाट हुँदै आएको टिप्पणीप्रति पनि उनले असन्तुष्टि जनाए । उनले प्रश्न गरे, ‘प्रतिनिधिसभामा एमालेको टिकट लिएर जितेर आएका सांसदलाई आफ्नो पक्षमा मत दिन लगाउन नसक्ने, आफ्नो पक्षमा मत नदिएबापत कारवाही गर्न पनि नसक्ने अनि निर्दलीय सरकार भन्ने ?’

उनले आफैले लेखेको संविधानको विपरीत उभिन पनि खबरदारी गरे । उनले प्रश्न गरे, ‘सर्वोच्चले संविधान लेखेको हो ? हामीले संविधान लेख्ने, त्यही संविधानको व्याख्या सर्वोच्चले गर्ने भन्ने अनि सर्वोच्चले व्याख्या गर्दा परमादेशको सरकार भन्ने ?’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ३ हप्ता अगाडि