२० साउन, गुल्मी । गुल्मीको सत्यवती गाउँपालिकाले बोटे माझी सस्कृति तथा सीप संरक्षणको लागि माछा मार्ने जाल वितरण गरेको छ ।गाउँपालिकाले वडानम्बर-१ अस्लेवामा रुद्रावेनीका १० जना बोटे माझी समुदायका युवाहरुलाई माछा मार्ने जाल वितरण गरेको हो ।
खोलामा जाल फालेर माछा मार्ने बोटे माझीको पेसा हो । कतिपय स्थानमा बोटे माझीले खोलामा जाल फालेर माछा मारेरै दैनिकी चलाउँदै आएका छन् ।
नदीमा करेन्ट लागेर माछा मार्ने प्रवृतिलाई अन्त्य गर्न र युवाहरुलाई प्रोत्साहन गर्दै सीपलाई बचाउन मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमबाट बजेट विनियोजन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविश्वर रेग्मीले बताए ।
फेसबुक प्रतिक्रियाहरु