होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Uncategorized
  • तीन यूवतीको अनुसन्धानको कथामा ‘आँधी तुफान २’
Uncategorized

तीन यूवतीको अनुसन्धानको कथामा ‘आँधी तुफान २’

  • नागरिक रैबार
[sharethis-inline-buttons]
तीन यूवतीको अनुसन्धानको कथामा ‘आँधी तुफान २’

चलचित्र ‘आँधी तुफान २’ निर्माणको घोषणा भएको छ । आज काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै एक पात्रको हत्या भएपछि घटनाको अनुसन्धानका लागि परिचालित हुने तीन यूवतीको कथामा चलचित्र बन्न लागेको जानकारी दिइयो । नारी प्रधान सस्पेन्स थ्रिलर कथामा बन्न लागेको चलचित्रलाई मदन घिमिरेले निर्देशन गर्दैछन् ।

चलचित्रका प्रस्तुतकर्ता तथा लेखक मौनता श्रेष्ठ हुन् । रामशरण उप्रेतीको छायांकन रहने चलचित्रमा सुरेश अधिकारीको संगीत रहनेछ । यो चलचित्रमा मुकुन्द थापा, ध्रुव कोइराला, कनिज कोइराला, संजय खतिवडा, पुस्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सुवेदी, आरती आचार्य, पूनम गौतम, सान अधिकारी, याङ्सु श्रेष्ठ, सोनी बीसी, जोया वुढाथोकी, रुपा केसी, सरोज दाहाल, विन्दिया ठकुरी, रमेश तामाङ, अरुण कालिराजको मुख्य भूकिमा रहनेछ ।

 

१६ बर्ष अगाडि निर्माण भएको चलचित्र ‘आँधी तुफान’ले बक्स अफिसमा राम्रो कमाई गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार