होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, भदौ ३१, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • ‘जो भए पनि काँग्रेसकै मान्छे प्रधानमन्त्री हुने हो’
राजनीति

‘जो भए पनि काँग्रेसकै मान्छे प्रधानमन्त्री हुने हो’

  • नागरिक रैबार
‘जो भए पनि काँग्रेसकै मान्छे प्रधानमन्त्री हुने हो’

काठमाडाैं, २० फागुन । नेपाली काँग्रेसका शीर्ष नेतृत्व तहमा सरकारमा जाने नजाने विषयमा मत बाझिएको छ । पार्टी सभापति शेरबहादुर देउवाले अवसर पाए सरकारको नेतृत्व गर्ने अभिमत दिइरहँदा वरिष्ठ नेता रामचन्द्र पौडेलले भने काँग्रेसलाई जनादेश प्रतिपक्षकै रहेकाले सरकारमा जान नहुने बताएका छन् ।

पूर्व सांसद एकनाथ रानाभाटको बुधबार परेको दसौँ स्मृति दिवसमा आयोजित श्रद्धाञ्जलि सभामा सभापति देउवाले काँग्रेस जिम्मेवारीबाट नभाग्ने स्पष्ट पारे । “मरिहत्ते गर्दै खोजिँदैन । प्रधानमन्त्री नै चाहिने लोभ पनि छैन । अवसर पाए छाडिँदैन । भाग्ने पनि हैन होला”, उनको स्पष्ट भनाइ थियो, “मुलुकलाई कसै न कसैले अगाडि बढाउनुपर्छ । अहिलेको अवस्थामा अवसर पाए काँग्रेसले नेतृत्व गरेर अगाडि बढ्नुपर्छ ।”“प्रधानमन्त्री पाउँ पनि भनेको छैन ।

आयो भने भाग्नेवाला छैन । त्यसको फाइदा पार्टीलाई नै होला । म प्रधानमन्त्री भएँ भने पक्कै रामचन्द्रजी पनि खुसी हुनुहोला”, वरिष्ठ नेता रामचन्द्र पौडेलप्रति लक्षित गर्दै देउवाले भने, “जो भए पनि काँग्रेसकै मान्छे प्रधानमन्त्री हुने हो । यसमा रामचन्द्रजीले सानो चित्त गर्नुहुन्न होला ।” यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएकाे छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
Breaking News
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ४ दिन अगाडि