होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, पुस ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • तीन विधामा ७८ सालको अन्तर्दृष्टि पुरस्कार घोषणा
समाचार

तीन विधामा ७८ सालको अन्तर्दृष्टि पुरस्कार घोषणा

  • नागरिक रैबार
तीन विधामा ७८ सालको अन्तर्दृष्टि पुरस्कार घोषणा

काठमाडौँ — २०७८ सालका लागि तीन विधामा ‘अन्तर्दृष्टि पुरस्कार’ घोषणा गरिएको छ ।

अपांगता भएका व्यक्तिहरूको ३०औं अन्तर्राष्ट्रिय दिवस– डिसेम्बर ३, २०२१ को उपलक्ष्यमा शुक्रबार तीन विधामा घोषणा भएको उक्त पुरस्कार डा. कमल लामिछानेले २०७७ सालमा स्थापना गरेका हुन् ।

देशभरका समावेशी शिक्षा सञ्चालित विद्यालयमा कक्षा ८ देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीहरूको सर्वेक्षणका आधारमा ‘अन्तर्दृष्टि नमुना शिक्षक पुरस्कार’ तथा ‘अन्तर्दृष्टि हातेमालो पुरस्कार’का लागि एक शिक्षक र एक विद्यार्थी छनोट गरिएको हो भने पत्रकारितातर्फ ‘अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार’ को घोषणा गरिएको हो ।

विज्ञापन

अन्तर्दृष्टि नमूना शिक्षक पुरस्कार लुम्बिनी प्रदेशस्थित कपिलवस्तुको सिद्धार्थ स्मारक माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक रोमहर्ष पन्थीलाई प्रदान गरिने भएको छ । अन्तर्दृष्टि हातेमालो पुरस्कार पनि लुम्बिनी प्रदेशस्थित कपिलवस्तुको सिद्धार्थ स्मारक माध्यमिक विद्यालयकै कक्षा ८ मा अध्ययनरत विद्यार्थी ममता भट्टराईलाई प्रदान गरिने भएको छ ।

यस्तै, अन्तर्दृष्टि प्रोत्साहन पत्रकारिता पुरस्कार कान्तिपुरकर्मी विद्या राईलाई प्रदान गरिने भएको अन्तर्दृष्टि पुरस्कार समितिका संयोजक होमनाथ अर्यालले जनाएका छन् ।

शिक्षक पुरस्कारको रकम रू. २० हजार, हातेमालो पुरस्कारको रकम रू. १० हजार र पत्रकारिता पुरस्कारको रकम रू. १० हजार रहेको छ ।पुरस्कार वसन्तपञ्चमीका दिन प्रदान गरिनेछ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार