होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • वर्तमान सरकार विदेशीको इसारामा चलेको ज्ञवालीको आरोप
समाचार

वर्तमान सरकार विदेशीको इसारामा चलेको ज्ञवालीको आरोप

  • नागरिक रैबार
वर्तमान सरकार विदेशीको इसारामा चलेको ज्ञवालीको आरोप
काठमाडौँ– नेकपा (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीले वर्तमान सरकार बिदेशी शक्तिको इसारामा चलेको आरोप लगाएका छन् । शुक्रबार एमाले ललितपुर जिल्ला कमिटीले ललितपुरमा आयोजना गरेको कार्यक्रममा ज्ञवालीले वर्तमान सरकारले देश र जनताका लागि नभएर बिदेशीको इसारामा काम गरेको आरोप लगाए ।

पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका ज्ञवालीले दार्चुलामा तुईन काटेर नेपाली बेपता भएको घटनादेखि लिपुलेक कालापानीका बिषयमा सरकार मौन बसेको पनि आरोप लगाए ।

ज्ञवालीले सरकारले एमाले टुक्राउनकै लागि अध्यादेश ल्याएको भन्दै एमालेलाई फुटाएको परिणाम आगामी निर्वाचनमा देखिने टिप्पणी गरे । उनले निर्वाचनमा जनादेशको माध्यमबाट फेरि आफ्नो पार्टी सरकारमा फर्कने दावी गरे ।

विज्ञापन

भदौ २२ गते अध्यादेश निष्क्रिय पारेर सरकार बिस्तार गर्ने योजना देखिएको भन्दै उनले गठबन्धनले लज्जास्पद काम गरेको बताए । उनले केहि एमालेका नेताहरु गलत बाटोमा गएको भन्दै एमालेमा फर्कन आह्वानसमेत गरे । उनले एमाले सरकारमा आएपछि फेरि देशलाई ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय अभियानमा साथ अघि बढाउने योजना सुनाए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार