होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • राजनीति
  • सकियो ३७ जिल्लामा कांग्रेसको वडा अधिवेशन, बाँकीमा भदौ २६ भित्रै
राजनीति

सकियो ३७ जिल्लामा कांग्रेसको वडा अधिवेशन, बाँकीमा भदौ २६ भित्रै

  • नागरिक रैबार
[sharethis-inline-buttons]
सकियो ३७ जिल्लामा कांग्रेसको वडा अधिवेशन, बाँकीमा भदौ २६ भित्रै

नेपाली कांग्रेसले ३७ जिल्लाका विभिन्न वडाहरूमा आज वडा अधिवेशन सकेको छ।पहिलो चरणमा क्रियाशील सदस्यता नामावली पार्टी वेबसाइटमा सार्वजनिक गरिएका जिल्लाहरूमा आज वडा अधिवेशन गरिएको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए।

आज भरैसम्म थप तीन जिल्लाका वडामा पनि अधिवेशन सकिने यादवले जानकारी दिए। संयोजक यादवका अनुसार निर्वाचन प्रक्रिया सुरू भएका जिल्ला गणना गरिएका हुन्। जिल्लाभित्र रहेका कुन-कुन वडामा सर्वसम्मत र कहाँ-कहाँ निर्वाचनबाट सभापतिलगायत चुनिए भन्ने विवरण आउन केही समय लाग्ने उनको भनाइ छ।

कांग्रेस केन्द्रीय समितिले बनाएको महाधिवेशन कार्यतालिकामा भदौ १८ मा देशभरका छ हजार सात सय ४३ वडाहरूमा एकैदिन अधिवेशन गर्ने भनिएको थियो। तर ५६ जिल्लाका क्रियाशीलको मात्रै नामावली सार्वजनिक भएको छ।

विज्ञापन

क्रियाशीलको नाम सार्वजनिक भएका केही जिल्लामा पनि आज अधिवेशन हुन सकेनन्। भदौ २६ गतेभित्र वडा अधिवेशन गरिसक्नुपर्ने कांग्रेसमा बाध्यता छ। भदौ २७ मा गाउँ/नगर अधिवेशन छ।वडा सभापतिसहित कार्यसमिति र क्षेत्रीय प्रतिनिधि वडा अधिवेशनबाट चयन हुन्छन्। क्षेत्रीय प्रतिनिधिहरू जनसंख्याको बनोटअनुसार वडाअनुसार धेरै र थोरै हुन्छ।कांग्रेसले मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्दैछ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै