धनगढीः मोबाइलले हाम्रो जीवन सहत बनाइदिएको छ तर त्यहि मोबाइलका कारण मानिसहरुको जीवन पनि तहसनहस भइरहेको छ। एउटा यस्तै घटना भारतको गुजरातस्थित सुरतमा घटित भएको छ जहाँ पिताले जब आफ्नो किशोर छोरालाई मोबाइलमा गेम धेरै नखेल भनेर गाली गर्दा छोराले पितालाई घरमा नै घाँटी थिचेर हत्या गरिदिए।
अर्जुन अरुण आफ्नी श्रीमती र एक छोरासँग बस्दथे। मंगलबार अर्जुन अरुणलाई उनकी श्रीमती डलीले बेहोसीको स्थितिमा सूरतको नयाँ सिभिल अस्पताल पुर्याइन् जहाँ डाक्टरले अर्जुनलाई मृत घोषित गरे। श्रीमती डली र उनका किशोर छोराले त्यतिबेला अस्पतालका डाक्टरलाई अर्जुन आठ दिन अघि बाथरुममा लडेको बताएका थिए। त्यतिबेला अर्जुनलाई चोट लागेको र मंगलबार उनी सुतेको स्थानबाट उठ्न नसकेको बताए। मृतक अर्जुन सरकारकी श्रीमती डली र उनका छोराको कुरामा डाक्टरलाई शंका लागेपछि उनीहरुले शवको पोस्टमार्टम गर्ने निर्णय गरे।
पोस्टमार्टम रिपोर्टमा अर्जुनको मृत्यु घाँटी थिचेका कारण भएको पत्ता लाग्यो। यसबारे प्रहरीलाई जानकारी दिइयो। सोधपुछमा १७ वर्षीय छोराले प्रहरीलाई आफू दिनभरी मोबाइलमा गेम खेल्ने गरेको र यसका लागि पिता अर्जुन सरकारले उनलाई गाली गरिरहने भएकोले मंगलबार बुवा सुतिरहेका बेला आफूले घाँटी थिचेर हत्या गरेको जानकारी दिए। प्रहरीले हाल अर्जुनकी श्रीमती डली र छोरालाई हिरासतमा लिएर थप कारवाही सुरु गरेको छ। मोबाइल गेम खेल्नबाट रोक्दा सूरतमा भएको घटनाले सबैलाई चकित बनाइदिएको छ।
फेसबुक प्रतिक्रियाहरु