होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज २०, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • ‘एमाले सुदूरपश्चिमको इञ्चार्ज म नै हो’: लेखराज भट्ट
राजनीति

‘एमाले सुदूरपश्चिमको इञ्चार्ज म नै हो’: लेखराज भट्ट

  • नागरिक रैबार
‘एमाले सुदूरपश्चिमको इञ्चार्ज म नै हो’: लेखराज भट्ट

नेकपा एमालेका नेता लेखराज भट्टले आफू नै सुदूपश्चिम प्रदेश इञ्चार्ज भएको दाबी गरेका छन्। उनले आफू नै एमाले सुदूरपश्च्मिको इञ्चार्ज भएको एक अन्तरवार्तामा खुलासा गरेका छन् । ‘मैले बुझे अनुसार अहिले कुनै निर्णय भएको छैन। इञ्चार्ज म नै हो। मलाई हिजो पनि अध्यक्ष केपी ओलीले भनेको कुरा त्यो हो,’ एक टेलिभिजन कार्यक्रममा भट्टले भनेका छन्।

०७५ जेठ २ मा फर्किने सहमति कार्यान्वयनको चरण सुरु भएपछि भट्ट इञ्चार्जबाट स्वतः हटेर भीम रावल इञ्चार्ज भएको चर्चा थियो। तर भट्टले अहिले पनि एमाले सुदूरपश्चिमको इञ्चार्ज आफू नै रहेको दाबी गरेका हुन्। ‘यो नयाँ एमाले हो। पुरानो एमाले सोच्नु भएन्,’ उनले भनेका छन्।

विगतमा भीम रावल एमाले सुदूरपश्चिमको इञ्चार्ज थिए भने माओवादी केन्द्रका सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्ट थिए। दुई पार्टीबीच एकिकरण भएपछि नेकपा सुदूरपश्चिमको इञ्चार्जको जिम्मेवारी रावललाई दिइएको थियो।

प्रदेश समितिको बैठकमा आमन्त्रित सदस्यका रुपमा भट्टलाई बोलाउने गरिएको थियो। तर नेकपामा विवाद बढेपछि ओली समूहले रावलाई इञ्चार्जबाट हटाएर भट्टलाई जिम्मेवारी दिएको थियो। अहिले रावल र ओली सम्बन्ध सुधार भएसंगै भट्ट इञ्चार्जबाट हटेको चर्चा छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ३ हप्ता अगाडि