होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, पुस १९, २०८१
जोडिनुहोस
  • होमपेज
  • गौमुल
  • सहास नेपालद्धारा गौमुलमा विपन्न परिवारलाई राहत वितरण
गौमुल

सहास नेपालद्धारा गौमुलमा विपन्न परिवारलाई राहत वितरण

  • नागरिक रैबार
सहास नेपालद्धारा गौमुलमा विपन्न परिवारलाई राहत वितरण

नागरिक रैवार/बाजुरा १८ भदाै। गौमुल गाउँपालिका वडा नं. ५ का कोरोना प्रभावित ४५ अतिविपन्न परिवारहरुलाई सहास नेपाल बाजुराले राहत वितरण गरेको छ ।

सहयोगी हातहरुको समुह (सहास) नेपालले कोभिड १९ को दोस्रो लहरमा प्रभावित भएका सो वडाका दलित महिला, सुत्केरी र गर्भवति महिलाका घरपरिवारहरुका लागि भौचर सहयोग कार्यक्रम अन्तरगत राहत वितरण गरेको सहास नेपालका शिक्षा सहजकर्ता उमेश बोहराले जानकारी गराएका छन ।

राहतमा प्रतिघर परिवार २० केजि मोटो चामल, १ लिटर खाने तेल, २ थान नुहाउने डिटोल सावुन, १ थान कपडाधुने ठुलो साबुन र १, ६ केजि दाल वितरण गराईएको उनले जानकारी गरेका छन । यसै गरी अर्को चरणमा गाउँपालिकाकै २ देखि ६ वडाका विपन्न परिवारहरुलाई राहत उपलब्ध गराउने उनले बताएका छन् ।

विज्ञापन

राहत बुझ्दै गौमुल ५ कोटकी ५५ बर्षिया सिता बुढाले भनिन हामी एक रुपैया पनि नकमाउने मान्छे, खेतबारीमा दश नंग्रा खियाँउदा पनि खान लाउन नहुन्या, काँही बाहिर गई कमाउन पनि नसक्न्या मान्छे यति राहत पाउदा सार्है खुसि छौं ।

हामि दलित परिवार, त्यसैमाथि हामि संग टन्नै अन्न उत्पादन गर्ने जग्गा जमिन पनि छैन । ईण्डिया गएर कमाउने पनि मान्छे छैन र जानपनि पाउदैन गाउँघरमा ज्यालामजदुरी गरी कमाउनलाई पनि ठाउँ छैन यस्तो भोकमरी भएको थियो त्यही माथि भदौको भोक भन्छन यस्तो अवस्थामा कार्यक्रमले राहत उपलब्ध गराउदा सार्है खसि भएको कुरा गौमुल ५ कै अर्कि २२ बर्षिया अमृता आग्रि (काम) र उनकै छिमेकी जला वि.क ले खुसि हुदै भनेकी छन ।

कोभिड १९ का कारण विदेश गई कमाउन नसकेका, कम जग्गा भएका, घरपरिवारमा खाना लाउन साह्रै समस्या परेका, दलित घरपरिवार, सुत्केरी महिला भएका घरपरिवार आदि भएका समुदायलाई लक्षित गरि स्थानिय सरकारले सहास नेपाल संग समन्वय गरि राहत उपलब्ध गराएको गाउँपालिका बरिष्ट सदस्य एवं नेकपा एमाले जिल्ला कमिटि सदस्य कलक बहादुर सिंहले खुसिहुदै जानकारी गराएका छन ।

पालिका भरिका सवैवडा हरुमा कोरोनाबाट प्रभावित परेका परिवारहरुको छनोट गरि विभिन्न निकाय संग समन्वय र साझेदारी गरी राहतका कार्यक्रम जोड्दै जाने गाउँपालिका उपाध्यक्ष सिता थापाले बताएकी छन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार