भयो के भने, श्रीमानले श्रीमतीलाई कुनै सानो विवादमा दुई पटक थप्पड लगाई दिएछ । जवाफमा श्रीमतीले आफ्नो चप्पल श्रीमान् तिर फ्याँकिन । चप्पलको किनाराले श्रीमानको टाउको छुँदै गयो । कुरा यत्तिकैमा सिद्ध्याउन सकिन्थ्यो, तर पतिले यसलाई आफ्नो अपमान हो भन्ठाने, आफन्तहरूले यो कुरालाई अझ जटिल बनाई दिए । जटिल मात्र कहाँ हो र, गम्भीर ….!
आफन्तहरूले भन्न थाले कि पतिलाई चप्पललेले हिर्काउने महिला न वफादार हुन्छ, न पतिव्रता । यसलाई घरमा राख्नु भनेको आफ्नो शरीरमा आवधिक ज्वरो पालेको जस्तै हो । केही आफन्तहरूले त यहाँ सम्म भन्न थाले कि यस्तो महिलाको भ्रूण नै अन्त्य गरी दिनु पर्दछ । नराम्रा कुराहरू चक्रीय ब्याजको जस्तो गरी बढ्दै जान्छन्, त्यसैले दुवै पक्षहरूमा धेरै आरोपहरू लगाउन थालियो । दुवै पक्षका मानिसहरूले आरोपहरूको भलिबल खेले जस्तै लाग्थ्यो । केटाले केटीको बारेमा र केटीले केटाको बारेमा धेरै असुविधाजनक कुराहरू भने ।
मुद्दा दायर गरियो । श्रीमानले “चरित्रहीनताको” मुद्दा हालेका थिए भने श्रीमतीले “दाइजो उत्पीडनको” । विवाहित जीवनको छ वर्ष पछि र बच्चाका बाबुआमा भएपछि दुवैको आज सम्बन्ध विच्छेद भयो । ती दम्पतीको हातमा सम्वन्धविच्छेदको कागज थियो । दुवै मौन थिए, दुवै शान्त । मुद्दा दुई वर्ष सम्म चल्यो । दुई वर्ष देखि श्रीमती छुट्टिएर बसिरहेकी थिइन् र श्रीमान् पनि ।
मुद्दाको सुनवाईमा दुइटैलाई आउनु पर्ने हुन्थ्यो । दुवैले एक अर्कालाई हेर्दा रिसाएका हुन्थे, एउटाले हेर्दा अर्कोको अनुहार नदेखिने गरी बस्थे, जानाजानी एक अर्कालाई बेवास्ता गरिरहेको जस्तो देखाउँथे । वकिल र आफन्त दुबैसँग हुन्थे । आफन्तहरूको सहानुभूतिमा अलि अलि विस्फोटक सामग्री पनि लुकेको हुन्थ्यो । दुबैलाई के भन्ने भनेर राम्रो पाठ सिकाइएको हुन्थ्यो, दुवै त्यही भन्थे । धेरै पटक तिनीहरू दुवैको बयान परिवर्तन हुन थाल्यो भने फेरी होस गरी हाल्थे । अन्त्यमा, त्यै भयो जो सबैले चाहन्थे ……सम्वन्धविच्छेद ! केटिमा दैनिकबाट
फेसबुक प्रतिक्रियाहरु