होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज १४, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • माधव नेपालसँग वामदेव गौतमका सर्त : संघीयता परिमार्जन र जबज
राजनीति

माधव नेपालसँग वामदेव गौतमका सर्त : संघीयता परिमार्जन र जबज

  • नागरिक रैबार
माधव नेपालसँग वामदेव गौतमका सर्त : संघीयता परिमार्जन र जबज

१८ भदौ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग जनताको बहुदलीय जनवाद (जबज) लाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने, संघीयता परिमार्जन गर्नुपर्ने लगायतका चार सर्त राखेका छन् ।

बिहीबार दिउँसो गौतम र अध्यक्ष नेपालबीच भेटवार्ता भएको थियो । भेटवार्ताका क्रममा गौतमले आफ्नो चार सर्त रहेको बताए । आफ्नो सर्त पूरा भए एकीकृत समाजवादीमा लाग्ने गौतमको भनाइ थियो ।

गौतमले एकीकृत समाजवादीले जनताको बहुदलीय जनवाद (जबज) लाई मार्गदर्शक सिद्धान्त मान्नुपर्ने सर्त राखेका छन् । जबज छोडेर एकीकृत समाजवादीमा लाग्न नसकिने गौतमको भनाइ थियो ।जबजलाई मार्गदर्शक सिद्धान्त मानेपछि एकीकृत समाजवादीको एजेण्डा कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने गौतमले अध्यक्ष नेपालसँग सर्त राखेका छन् ।

विज्ञापन

राष्ट्रिय एकता अभियान चलाइरहेका गौतमले संघीयता परिमार्जनको समेत प्रस्ताव राखेका थिए । ‘संघीयता परिमार्जन गरौं भन्नु हुन्थ्यो, तर के भन्न खोज्नुभएको हो । थप छलफल चाहिँ भएन’, वार्तामा सहभागी एक नेताले भने ।

अध्यक्ष नेपालले भने गौतमको सर्तबारे छलफल गर्न सकिने जवाफ दिए । तर जबज छोडेको भन्ने प्रचारमा सत्यता नरहेको नेपालले प्रष्टोक्ति दिएका थिए । ‘जबज छोडिएको छैन, यतातिर नलाग्नुहोस् भन्नुभयो’, ती नेताले भने ।

एमालेबाट अलग भएर २ भदौमा माधव नेपालले एकीकृत समाजवादी दर्ता गराएका छन् । उक्त पार्टीमा जाने वा नजाने भन्ने टुंगो गौतमले लगाउन सकेका छैनन् । आफू निकट नेताहरुबाट यो निर्णय लिने जिम्मा गौतम आफैले लिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • २ हप्ता अगाडि