होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • अन्ततः जागेश्वर गौतमको वीर अस्पतालबाट सरुवा
Breaking News

अन्ततः जागेश्वर गौतमको वीर अस्पतालबाट सरुवा

  • नागरिक रैबार
[sharethis-inline-buttons]
अन्ततः जागेश्वर गौतमको वीर अस्पतालबाट सरुवा

सरकारले अन्ततः कोभिड—१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) का प्रमुख प्रशासकीय अधिकारी जागेश्वर गौतमको सरुवालाई सदर गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमसहित उच्च अधिकारीको सरुवा ‘होल्ड’ गराएकोमा गौतमको भने अन्ततः सरुवा नै गरिएको हो । गौतमलाई प्रसूति गृह पठाइएको छ ।उनको ठाउँमा डा. भुपेन्द्र बस्नेतलाई नियुक्त गरिएको स्वास्थ्य मन्त्रालयका सचिव रोशन पोखरेलले  जानकारी दिए ।

प्रधानमन्त्री देउवाले आज डा. बस्नेतलाई अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरेको उनको भनाइ छ ।यसअघि सोमबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले डा. रुद्र मरासिनीलाई कोभिड—१९ युनिफाइड अस्पतालको प्रमुखमा सरुवा गरेको थिए ।प्रधानमन्त्री देउवाले हाल आएर राज्यमन्त्रीको निर्णयलाई हस्तक्षेप गर्दै डा. बस्नेतलाई प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरेका हुन् ।यसअघि डा. बस्नेत वीर अस्पतालको निर्देशक भइसकेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै