होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, अशोज १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • सांसदको व्यङ्ग्य : भरसक पतिलाई, पति नभए पत्नीलाई मन्त्री बनाऔं
राजनीति

सांसदको व्यङ्ग्य : भरसक पतिलाई, पति नभए पत्नीलाई मन्त्री बनाऔं

  • नागरिक रैबार
सांसदको व्यङ्ग्य : भरसक पतिलाई, पति नभए पत्नीलाई मन्त्री बनाऔं

माओवादी केन्द्रका सांसद गजेन्द्र बहादुर महतले सरकार गठनका लागि मन्त्री छान्न समस्या परेको भन्दै व्यङ्ग्य गरेका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा विषेश समय लिएर बोल्दै जुम्लाका सांसद महतले मन्त्री बन्नका लागि पार्टीका नेतालाई समस्या परेको व्यङ्ग्य गरेका हुन् ।

उनले मन्त्री बन्नका लागि टन्न पैसा कमाएको हुनुपर्ने, पहिले नै २ पटक मन्त्री भएकै हुनुपर्ने, भरसक धेरै पार्टी फेरबदल गरेको हुनुपर्ने, पार्टी नेतृत्वलाई घुर्की, धम्की, धाक, दिनसक्ने, गुटमा आबद्धता भएकै हुनुपर्ने, भरसक पति र पति नभए पत्नीलाई मन्त्री बनाउन भन्दै व्यङ्ग्य गरे ।

उनले भने, ‘नेतृत्वको वरिपरी घुमेर खुसी बनाउँन सक्ने, भष्ट्राचार र कमिसन आउँने सबै दुलाहरु थाहा पाउने क्षमता भएकोलाई मन्त्री बनाउँने त्यो पनि राखौँ । यो संसदमा नियमित नआउने, यसो झल्याकझुलुक आउँने सांसदलाई पनि मन्त्री बनाउने क्राइटेरियामा राखौँ ।’

विज्ञापन

उनले आफू माओवादी आन्दोलनबाट आएको बताउँदै कांग्रेस र एमालेले माओवादीलाई शान्ति प्रक्रियामा ल्याएको भन्ने गरेकोमा चित्त नबुझ्ने बताए । उनले राजाले शासन गर्दा कांग्रेस र एमालेका नेतालाई कालापहाड पु¥याएको घटना नर्बिसन आग्रह गरे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ३ हप्ता अगाडि