गृहमन्त्री बालकृष्ण खाणले दार्चुलाको मालघाटबाट दार्चुला सदरमुकाम खलंगासम्म पुग्ने बाटो निर्माण गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकमा मन्त्री खाणले दार्चुलाका मानिसहरु भारतको धार्चुला हुदै सदरमुकाम खलंगा जानुपर्ने बाध्यता रहेको भन्दै उनले दार्चुलाको मालघाटबाट खलंगासम्म बाटो पुर्याउन प्रतिवद्ध रहेको बताएका हुन् ।
‘मालघाटबाट खलंगासम्म बाटो पुरयाउन सरकार प्रतिबद्ध रहेको जानकारी गराउछु’, मन्त्री खाणको भनाइ छ । उनले महाकाली नदी तर्ने क्रममा तुइनबाट खसेर वेपत्ता भएका जयसिंह धामी प्रकरणमा सकारले छानविन समिति गठन गरेकाले उक्त प्रतिवेदनका आधारमा सरकार अघि बढ्ने बताए ।
फेसबुक प्रतिक्रियाहरु