होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, साउन २२, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नयाँ पार्टी खोल्न ढिला गर्न हुँदैन, ओलीसँग मिल्न सकिदैनः झलनाथ खनाल
समाचार

नयाँ पार्टी खोल्न ढिला गर्न हुँदैन, ओलीसँग मिल्न सकिदैनः झलनाथ खनाल

  • नागरिक रैबार
नयाँ पार्टी खोल्न ढिला गर्न हुँदैन, ओलीसँग मिल्न सकिदैनः झलनाथ खनाल

काठमाडौं, २० जेठ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर जान नसकिने भन्दै नयाँ पार्टी खोल्न ढिला गर्न नहुने बताएका छन् । आज एमालेको ओलीविरोधी समूहको केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले तत्काल नयाँ पार्टी खोल्नुपर्ने बताएका हुन् ।

‘केपी ओलीले विधि विधान सबै उल्लंघन गरिसके अब मिल्न सकिदैन,’ भर्चुअल बैठकमा खनालको भनाई उदृत गर्दै एक नेताले भने,‘नयाँ पार्टी खोल्न ढिला गर्न हुन्न ।’ अधिकांश समय एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचनामा समय खर्चिएका खनालले साहसका साथ बढ्नुपर्ने बताए ।

अहिले आत्तिने बेला नभएको र जोस जाँगरका साथ बढ्ने बेला भएको बताए । आफूहरुको समूहमा कम्युनिस्ट आन्दोलनका सच्चा नेता कार्यकर्ता रहेको समेत बताए ।

विज्ञापन

अहिले समूह सानो भएपनि भविष्यमा राम्रो कार्यक्रम र एजेन्डाका साथ फैलन बताए । विगतमा पनि आफूहरुले सानो समूह हुँदै देशकै ठूलो दल बनाएको अनुभव सुनाए । ओलीसँग कुनै हालतमा सम्झौता गर्न नहुनेमा खनालको जोड थियो । ओलीले अलमलाउने मात्र गर्ने बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाज
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि