होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, पुस ११, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरा कृषि ज्ञान केन्द्रद्धारा १ लाख २५ हजार फलफूलका बिरुवा रोपियो
समाचार

बाजुरा कृषि ज्ञान केन्द्रद्धारा १ लाख २५ हजार फलफूलका बिरुवा रोपियो

  • नागरिक रैबार
बाजुरा कृषि ज्ञान केन्द्रद्धारा १ लाख २५ हजार फलफूलका बिरुवा रोपियो

बाजुरा: बाजुरामा यस वर्ष मात्रै १ लाख २५ हजार फलफुलका बिरुवा रोपिएका छन्।गत वर्ष झै यो वर्षपनि सरकारी अनुदान र किसानको लागतमा १ लाख २५ हजार बिरुवा रोप्ने काम भइरहको कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मिनप्रसाद जैशीले बताए।

बाजुरालाई अवसर र सम्भावनाको जिल्लाको रुपमा चिनाउन कृषि ज्ञान केन्द्रले २०७७ साललाई फलफूल रोपण वर्ष घोषणा गरि विरुवा रोप्ने अभियान अनुरुप ५ सय हेक्टर क्षेत्रफलमा फलफूलको क्षेत्र विस्तार भएको सूचना अधिकारी जैशीले बताए।

“म रोप्छु हामी रोप्छौं सवैले “म रोप्छु हामी रोप्छौं सवैले फलफूल  रोपौं, कृषक पेन्सन कार्यक्रममा सहभागी वनौं” भन्ने मुल नाराका साथ संचालन गरीएको फलफूल रोपण वर्षको अभियानमा सवै सरोकारवाला निकायको सहयोग र बाजुरालाई गरिबी र अभावको जिल्ला हैन अवसर र सम्भावनाको जिल्ला बनाउनका लागी कृषि विकासको अभियानमा जुटेका सम्पुर्ण बाजुराबासी कृषकहरुको लगनशिलता, मेहनत र सक्रियताका कारण यस वर्ष हिउँदे फलफूल रोपणमा राम्रो प्रगती हुने भएको ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

विज्ञापन

यस वर्ष जिल्लामा बिजु ओखर १९ हजार ५०, कलमी ओखर ९ सय, टर्किबाट ल्याइएको च्यान्दलर जातको १ वर्षमै फल्ने ओखर २१ हजार २ सय ५० बोट रेपिएको छ भने १ वर्षमै फल्ने फुजि र गाला जातको स्याउ ४ हजार ८ सय, अन्य जातका स्याउ ६५ हजार ५ सय, किवी ३ हजार र नास्पाती/आरु/आरुवखडा ५ सय विरुवा गरि जम्मा १ लाख १५ हजार फलफूल विरुवा रोपिएको हो।

यस्तै १० हजार जंगली मेलका बोटलाई कलमी गरि नास्पाती बनाइएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार