काठमाडौँ– वामदेव नेतृत्वको नेकपा एकता अभियानले उपत्यका स्तरीय भेला बोलाएको छ । भेला आगामी फागुन २१ गते शुक्रबार ११ बजेका लागि बोलाइएको छ ।
उक्त भेला काठमाडौँको बल्खु स्थित एक पार्टी प्यालेसमा हुनेछ ।नेता गौतमले एकता अनिवार्य भएको भन्दै यसका लागि हरेक जिल्लामा यसप्रकारका भेला, कार्यक्रम, प्रचारप्रसार लगायतका काम गरेर एकताको आवश्यकता बुझाउदै एकताका लागि दवाव सिर्जना गरिनुपर्ने पनि बताए।
पार्टी विभाजनले देश जनता दल कसैलाई फाइदा नपुग्ने बताउँदै उनले अब आपसमा दुर्वचन बोलेर थप दुरी बढाउने काम नगर्न दुबै पक्षका नेता कार्यकर्तालाई आह्वान पनि गरेका छन् ।
फेसबुक प्रतिक्रियाहरु