होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, अशोज १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कहिले माओवादी नछाडेको भन्दै सर्वोच्चमा, कहिले एमालेको बैठकमा
समाचार

कहिले माओवादी नछाडेको भन्दै सर्वोच्चमा, कहिले एमालेको बैठकमा

भट्टकाे दाैडधुप

  • नागरिक रैबार
कहिले माओवादी नछाडेको भन्दै सर्वोच्चमा, कहिले एमालेको बैठकमा

काठमाडौं : नेकपा (माओवादी केन्द्र) छाडेर एमाले प्रवेश गरेका चार नेता बुधबार सर्वोच्च अदालत पुगे। (माओवादी केन्द्र) नै अवैधानिक भएको भन्दै निर्वाचन आयोगसम्म पुगेका उनीहरू सांसद पद दाबी गर्न अदालत पुगेका थिए। तर, माओवादी अवैधानिक भएको दाबी गर्दै गर्दै निर्वाचन आयाेग पुगेका चार नेताहरूले आफूहरू औपचारिक रूपमा एमाले प्रवेश नगरेको बताउँदै आइरहेका छन्।

माओवादीबाट निर्वाचित नेताहरू एमाले प्रवेश गरेपछि कारबाहीमा परेपछि सांसद पद जाेगाउन अदालत धाइरहेका हुन्‌। एमाले प्रवेश नगरेको दाबी गर्ने नेताहरू एमालेको स्थायी कमिटीको बैठकमा भने सहभागी हुन भने छाडेका छैनन्। अदालतमा रिट दायर गरेकामध्ये नेता लेखराज भट्ट आइतबार एमाले स्थायी कमिटीको बैठकमा सहभागी भए।

भट्टसँगै रामबहादुर थापा ‘बादल’, टाेपबहादुर रायमाझी र मणि थापालाई एमालेले स्थायी कमिटी सदस्य बनाएकाे छ।​ सांसद् पदमा पुनर्बहाली माग गरेका चार नेताको रिट खतिवडाको इजलासमा आफूहरूले दल त्याग नगरेको र निर्वाचन आयोगले असार २३ गते दिएको विवरणमा आफूहरू माओवादी केन्द्रकै सदस्य रहेको भन्दै सभामुखले आफूहरूको सदस्यता खारेज गरेको निर्णय बदर भागी हुनुपर्ने उनीहरूले जिकिर गरेका छन्।​

विज्ञापन

फागुन २३ गते सर्वोच्च अदालतले गरेको फैसलापछि उनीहरू माओवादी छाडेर एमाले प्रवेश गरेका थिए। साविकको नेकपा विवादमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को साथ छाडेर केपी शर्मा ओलीतर्फ लागेपछि उनीहरू मन्त्री नियुक्त भएका थिए। त्यसपछि माओवादीले पार्टीको विधानविपरीत अन्य दलको राजनीतिमा सहभागी भएको देखिएको भन्दै उनीहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी गत चैत २४ गते कारबाही गरेको थियो। ​

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध
देश/प्रदेश
पहिरोका कारण मुग्लिङ-नारायणघाटसहित ५ राजमार्ग पूर्णरूपमा अवरुद्ध

मुलुकका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढी-पहिरोका कारण प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ वरुणस्थित कोशी राजमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका-३ एकुवास्थित कोशी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका हुन् । त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ पासाङल्हामु राजमार्गस्थित नेपाल-चीन जोड्ने मितेरी पुल, चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिङ-नारायणघाट […]

  • १ हप्ता अगाडि