होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, अशोज १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • मुख्य नेतालाई अपमान गरेर एकता हुँदैन : वामदेव गौतम
राजनीति

मुख्य नेतालाई अपमान गरेर एकता हुँदैन : वामदेव गौतम

  • नागरिक रैबार
मुख्य नेतालाई अपमान गरेर एकता हुँदैन : वामदेव गौतम

१८ असार, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले मुख्य नेतालाई अपमान गरेर पार्टी एकता नहुने बताएका छन् । बालुवाटारमा शुक्रबा बसेको एमाले केन्द्रीय कमिटीको बैठकमा उपाध्यक्ष गौतमले मुख्य नेतालाई सम्मानजनक व्यवहार नगरे कार्यकर्ता पंक्ति भड्किने बताए ।

‘मुख्य नेतालाई सम्मानजनक व्यवहार गरिएन भने तलको पंक्ति भड्किन्छ । मुख्य नेतालाई अपमान गरेर एकता हुँदैन । हतार गर्नु हुन्न, माधव नेपालसहितको एकता हुनुपर्छ,’ गौतमले भने ।

 

एमालेको एकता सार्थक निष्कर्षमा पुर्याउनुपर्ने उनले बताए । ‘हिजो केन्द्रीय कमिटी निर्वाचन हुँदा माधव कमरेडसँग जम्मा नौ जना कम थिए, अहिले पनि अवस्था उस्तै छ,’ उनले भने । वार्ता कमिटी बनाएपछि बीचैमा छाड्न नहुने गौतमको भनाइ थियो ।

‘सार्थक निष्कर्षमा पुर्याउनुपर्छ । अन्यथा हामी सबै समाप्त हुन्छौं,’ गौतमले भने । पार्टी एकता पार्टीको पक्षमा र व्यक्तिगत रुपमा अध्यक्ष ओलीको पक्षमा भएको पनि उनले बताए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नु गल्ती भएको गौतमको निष्कर्ष छ । ‘म भएको भए पार्टीबाट राजीनामा दिएर मात्रै देउवाको पक्षमा हस्ताक्षर गर्ने थिएँ,’ उनले भने ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन
देश/प्रदेश
राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिमा प्रतिनिधिसभा विघटन गरेका छन्। प्रधानमन्त्री कार्कीले शपथग्रहणलगत्तै शुक्रबार राति नै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन्। राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी प्रतिनिधिसभा विघटन भएको जानकारी दिएको हो। राष्ट्रपतिले फागुन २१ गते प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने घोषणा पनि गरेका छन्। कार्की ६ महिनाभित्र निर्वाचन गराउने प्रयोजनका लागि अन्तरिम सरकार प्रमुख नियुक्त भएकी […]

  • ३ हप्ता अगाडि