होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • अर्थ
  • बाढी पहिरोबाट घरमा क्षति पुगेकालाई तत्कालै रकम पठाइने
अर्थ

बाढी पहिरोबाट घरमा क्षति पुगेकालाई तत्कालै रकम पठाइने

  • नागरिक रैबार
[sharethis-inline-buttons]
बाढी पहिरोबाट घरमा क्षति पुगेकालाई तत्कालै रकम पठाइने

यस वर्षको बाढी, पहिरोबाट घरमा क्षति पुगेकालाई अस्थाई आवास निर्माणका लागि तत्कालै रकम पठाउने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । शुक्रबार कुराकानी गर्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता विश्वप्रकाश अर्यालले यसवर्ष मनसुनबाट प्रभावित भएकाहरुका लागि अस्थाई आवास बनाउनका लागि तत्कालै रकम पठाउने व्यवस्था मिलाइएको बताए । उनले भने– ‘यो वर्षको मनसुनबाट क्षति भएकाहरुको हकमा तत्कालै सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेर लगत संकलन गर्न र घर क्षतिको विवरण पठाउन माग गरेका छौँ । त्यो प्राप्त हुने वित्तिकै अस्थाई आवासका लागि तत्कालै रकम पठाउने व्यवस्था मिलाइसकेका छौँ ।’

उनले गत वर्षको मनसुनबाट क्षति भएका २० जिल्लाका ३ हजार ३ सय ४९ वटा घरहरु पुनर्निर्माणका लागि १९ करोड ९७ लाख ७३ हजार ७५० रुपैयाँ प्रथम किस्ता वापतको रकम सम्बन्धित जिल्ला विपद व्यवस्थापनको कोषमा पठाएको पनि उनले जानकारी दिए । यसवर्ष जेठ २८ गतेसम्म शुरु भएको मनसुनका कारण देशभरका ३२ जिल्लामा प्रत्यक्ष प्रभाव परेको उनले बताए ।

मनसुनबाट आएको विपत्तिबाट ३३ जनाको मृत्यु भएको, ३० जना बेपत्ता भएको र ३२ जना घाइते भएको प्रवक्ता अर्यालले बताए । बाढी पहिरोबाट ४८३ नीजि घरहरु पूर्ण रुपमा क्षति भएको, ११२ घरमा आंशिक क्षति भएको, ३६ सरकारी कार्यालयमा क्षति भएको तथा ६ वटा सामुदायिक विद्यालयको भवनमा क्षति पुगको उनले जानकारी दिए ।

त्यस्तै २२ वटा झोलुङ्गे पुल, १३ वटा पक्की पुल, २ वटा वित्तिय संस्थाको भवनमा क्षति भएको पनि उनले बताए । उनले विपदबाट प्रभावितहरूका लागि खोज, उद्दार, राहत तथा पुनःस्थापनाको काम गरिएको बताए । मौसम पूर्वानुमान महाशाखा सँग समन्वय गरी विपद आउनसक्ने ठाउँमा प्राधिकरणले पूर्व सूचना प्रणालीलाई चुस्त दुरुस्त राखिएको उनले बताए । ९ जिल्लाका ३६ पालिकाहरुमा प्रभावमा आधारित पूर्व सुचना प्रणाली जडान गरिएको पनि उनले उल्लेख गरे ।

हाल सुनसरी, मोरङ, पर्सा, सिन्धुपाल्चोक, मकवानपुर, सिन्धुली, ललितपुर, तनहुँ, लमजुङ र बाजुराका सडक खण्डहरु अवरुद्ध भएका र सडक डिभिजन कार्यालय, स्थानीय तहहरुले अवरुद्ध सडक खुलाउने काम भइरहेको उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै