होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • एमाले बैठक : दशौं महाधिवेशन आयोजक कमिटीकै निरन्तरता
राजनीति

एमाले बैठक : दशौं महाधिवेशन आयोजक कमिटीकै निरन्तरता

  • नागरिक रैबार
एमाले बैठक : दशौं महाधिवेशन आयोजक कमिटीकै निरन्तरता

१८ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको भनेर शुक्रबार बोलाएको बैठक दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीकै निरन्तरता हुने भएको छ ।

बिहीबार दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गरी केन्द्रीय कमिटी कायम गर्ने निर्णय भएको थियो । त्यसदिनको निर्णयअनुसार अहिले बालुवाटारमा केन्द्रीय कमिटी बैठक बस्दैछ ।

 

विज्ञापन

तर यो बैठक १३औं हुने जनाइएको छ । नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी सम्बोधन गरी नेताहरुलाई पठाइएको पत्रमा यो बैठक १३औं बैठक उल्लेख गरिएको हो ।

स्रोतका अनुसार, अध्यक्ष ओलीकै निर्देशनमा यो बैठक दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीकै निरन्तरता हुन लागेको हो । बरिष्ठ नेता माधवकुमार नेपाल समूहले भने दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकलाई अवैध भन्दै आएको छ । यो समूहले अदालतको फैसला अनुसार एमाले २ जेठ २०७५ अगाडि फर्कनुपर्ने अडान राख्दै आएको छ ।

त्यो भनेको एमालेको केन्द्रीय कमिटी बैठक नवौं हुनेछ । तर गएको २८ फागुनमा अध्यक्ष ओलीले नवौं महाधिवेशनबाट निर्वाचित नेतृत्व विघटन गरी दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरे । दशौं महाधिवेशन आयोजक कमिटी गठन गर्न एमाले विधान संशोधन गरेका अध्यक्ष ओलीले दशौं, एघारौं र बाह्रौ बैठक राखिसकेका छन् । यी बैठकहरुमा नेता नेपाल समूह अनुपस्थित रहँदै आएका छन् ।

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार