काठमाडौं । बुधबारका लागि बोलाइएको संवैधानिक परिषद् बैठक स्थगित भएको छ ।‘मिति २०७७ माघ २१ गते बुधबार बेलुकी ५ बजेलाई बोलाइएको संवैधानिक परिषद् बैठक अर्काे सूचना नआएसम्मका लागि स्थगित भएको छ’ मंगलबार यस्तो सूचना पठाएर बैठक स्थगित भएको परिषद् सदस्यहरुलाई जानकारी दिइएको हो ।
यसअघि सभामुख अग्नि सापकोटाले विभिन्न आयोगका प्रमुख तथा सदस्यहरु नियुक्तिका लागि परिषद्ले गरेको सिफारिस फिर्ता पठाएका थिए ।प्रतिनिधि सभा विघटन गरेर निर्वाचन घोषणा भएको अवस्थामा सरकार कामचलाउ भइसकेको र अघिल्लो नियुक्तिको सिफारिसमाथि नै प्रश्न उठिरहेका बेला बैठक बोलाइएको भन्दै आलोचना भएको थियो ।
सरकारले अध्यादेश ल्याएर ३० मंसिरमा परिषद्ले अख्तियारलगायत संवैधानिक निकायमा ४५ जनालाई नियुक्ति सिफारिस गरेको थियो ।
फेसबुक प्रतिक्रियाहरु