होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख ७, २०८२
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • नेकपा बाजुराको चासोे साझा सरोकारका पक्षमा
Breaking News

नेकपा बाजुराको चासोे साझा सरोकारका पक्षमा

  • नागरिक रैबार
नेकपा बाजुराको चासोे साझा सरोकारका पक्षमा

नागरिक रैबार/बाजुरा १८ पुस। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुराले बाजुराका साझा सरोकारका पक्षमा स्थानीय प्रशासनलाई ध्यानाकर्षण गराएको छ ।

शुक्रबार नेकपा बाजुराका कार्यालय सदस्य नेता गगन रावलको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेलाई बाजुराका साझा सरोकारका पक्षमा ध्यानाकर्षण गराएका हुन् ।

No description available.
रावल नेतृत्वको टोलीले सदरमुकाम मार्तडीसम्म जोड्ने साँफे-मार्तडी सडकको स्तरोन्नति, जडाङ्गामा बन्ने बेलिवृजको समयमै निर्माण, १० बर्षे जनयुद्धमा बेपत्ता पारिएका र घाईते भएका नागरिकको छानविन लगायतका विषयमा प्रजिअ गैरेलाई ध्यानाकर्षण गराएका हुन् ।

विज्ञापन

त्यस्तै टोलीले सदरमुकाम मार्तडीमा नियमित विद्युत सेवा प्रवाह हुने गरी राष्ट्रिय प्रशारण लाईनलाई छिटो विस्तार गराउन प्रजिअ गैरेलाई ध्यानाकर्षण सहित छलफल गरेको नेकपा बाजुराका कार्यालय सचिव गोरख सार्कीले बताएका छन् ।

No description available.
नेकपा बाजुराको टोलीलाई प्रजिअ गैरेले भने सार्वजनिक सरोकारका विषयमा स्थानीय प्रशासन पनि निरन्तर लागिरहेको बताए । टोलीमा नेकपा बाजुरा प्रचण्ड-नेपाल समूहका गगन रावल, सचिवालय सदस्य विनिता विक, जिल्ला कमिटी सदस्य किट्टो लवार, शुरेस विक, कार्यालय सचिव गोरख सार्की, नेता चन्द्र थापा, सिता बराल, युवा संघ नेपालका दिलिप रोकाया, कल्पना साउंद, दुर्गा थापा लगायत सहभागि भएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार