होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, साउन ६, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • राष्ट्रिय सभाको अर्को बैठक पुस २३ गते
देश/प्रदेश

राष्ट्रिय सभाको अर्को बैठक पुस २३ गते

  • नागरिक रैबार
राष्ट्रिय सभाको अर्को बैठक पुस २३ गते

काठमाडौं : राष्ट्रिय सभा हिउँदे अधिवेशनको पहिलो बैठक सकिएको छ । शुक्रबार बसेको सातौं बैठक पुस २३ गते दिउँसो १ बजे बस्नेगरी स्थगित भएको हो ।

शुक्रबारको बैठकमा राष्ट्रियसभाका सदस्य दीननाथ शर्मा, जितेन्द्र नारायण देव र प्रमिला कुमारीले सम्बोधन गरे ।बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो स‌ंशोधन) अध्यादेश राष्ट्रिय सभामा पेस भएको छ ।

शुक्रबार बसेको बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पेस गरेका हुन् । मन्त्री श्रेष्ठले ‘यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्न अध्यादेश, २०७७, फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७७ समेत पेश गरेका छन् ।

विज्ञापन

सँगै बैठकमा गृहमन्त्री रामबहादुर थापा बादलले ‘तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७७’, ‘नेपाल प्रहरी र प्रदशे प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७७’ पेश गरेका छन् ।

बैठकको सुरुमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राष्ट्रपतिबाट अधिवेशन आह्वान गरेको पत्र र राष्ट्रपति कार्यालयबाटै प्राप्त मन्त्रिपरिषद् पुनर्गठन सम्बन्धी पत्र पढेर सुनाएका थिए । त्यसैगरी प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्य र पूर्वसदस्यको निधनप्रति शोध प्रस्ताव पारित गर्दै शुक्रबारको बैठक सम्पन्न भएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १४ घन्टा अगाडि

भर्खरै