होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ १९, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मन्त्री आले भन्छन्- वन मन्त्रालयलाई उत्कृष्ट बनाउँछु
समाचार

मन्त्री आले भन्छन्- वन मन्त्रालयलाई उत्कृष्ट बनाउँछु

  • नागरिक रैबार
मन्त्री आले भन्छन्- वन मन्त्रालयलाई उत्कृष्ट बनाउँछु

वन तथा वातावरण मन्त्री प्रेम बहादुर आलेमगरले आफूले जिम्मेवारी पाएको वन मन्त्रालयलाई उत्कृष्ट मन्त्रालय बनाउने बताएका छन् ।शुक्रबार गृहजिल्ला डोटीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै आलेमगरले भने, ‘म हालसम्मका मन्त्रीमध्येकै उत्कृष्ट मन्त्रालय बनाउने छु, मेरो समय छोटो छ यसका बिचमा पनि म राम्रो काम गर्ने छु ।’

वन तथा वातावरण संरक्षणको जिम्मेवारी पाएका आलेलाई कुनै बेला वन विनाशको अभियोग लागेको थियो । डोटी जिल्ला साविक छतिवन गाविस–९ मा स्थायी घर भएका उनले सोही गाविसको वडा नम्बर ८ र ५ मा सल्लाको रुख काटेको मुद्दा अदालतमा पुगेको थियो । १० वैशाख २०५५ मा हालका मन्त्री आलेले साविक छतिवन–८ घर भएका राधेश्याम बडायरसँग मिलेर काठ तस्करी गरेको वनरक्षक प्रेमबहादुर खड्काले दायर गरेको अभियोग पत्रमा उल्लेख छ । तर १४ वैशाख २०५७ मा आले र बडायर दुवैले जिल्ला अदालतबाट सफाइ पाएका थिए ।

रोचक त के छ भने प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले वैज्ञानिक वन व्यवस्थापन सम्बन्धी स्थलगत अध्ययन गर्न गठन गरेको उपसमितिमा पनि आलेमगर नै सदस्य थिए ।आलेमगरले भने आफूलाई रिसइबीका कारण वन मुद्दामा फसाइएको दाबी गर्दै आएका छन् । कार्यक्रममा मन्त्री आलेले नेकपा स्थायी कमिटी सदस्य डा. भीम रावलतर्फ संकेत गर्दै सुदूरपश्चिमको राजनीतिमा अब ‘रावलहरु’का दिन सकिएको समेत बताए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै