होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, साउन ६, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • प्रचण्ड-माधव पक्षले आज दोस्रो चरणको आन्दोलन घोषणा गर्ने
देश/प्रदेश

प्रचण्ड-माधव पक्षले आज दोस्रो चरणको आन्दोलन घोषणा गर्ने

  • नागरिक रैबार
प्रचण्ड-माधव पक्षले आज दोस्रो चरणको आन्दोलन घोषणा गर्ने

काठमाडौं । नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले प्रतिनिधिसभा विघटनविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गर्ने भएको छ । दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर दोस्रो चरणका आन्दोलनका कार्यक्रम घोेषणा गरिने नेता हिमाल शर्माले जानकारी दिए ।

पत्रकार सम्मेलनअघि कार्यक्रमको स्वरुपबारे छलफल गर्न नेताहरुबीच छलफल गरिने नेता शर्माले बताए ।‘संघर्षका स्वरुपबारे नेताहरुबीच दिउँसो छलफल गरेर टुुंगोमा पुग्छौ, त्यसपछि पत्रकार सम्मेलन गरेर घोषणा गरिनेछ’, शर्माले भने ।

प्रचण्ड माधव पक्षले यसअघि नै प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा २५०१ सदस्यीय संघर्ष समिति गठन गरेको थियो । अबको आन्दोलनका कार्यक्रम वडादेखि पालिका, प्रदेश र केन्द्रसम्म जनपरिचालन हुने गरी घोषणा गर्ने तयारी भएको संघर्ष समितिका एक सदस्यले जानकारी दिए ।

विज्ञापन

यसअघि पुस १५ गते नै दोस्रो चरणका आन्दोलनका कार्यक्रम घोषणा गर्ने जनाएको सो पार्टीले केही दिन अन्य दलको सहमति जुटाउन स्थगित गरेको थियो । यो बीचमा काँग्रेस र जसपाससँग संयुक्त आन्दोलनका लागि प्रयास भएपनि काँग्रेस र जसपाले तत्काल संयुक्त आन्दोलनमा जान अरुची देखाएपछि प्रचण्ड माधव पक्ष एक्लैले दोस्रो चरणका कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • १८ घन्टा अगाडि

भर्खरै