होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १८, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चितवन बाट फन्किएर हिँडेका लालबावु काठमाडौँ पुगेर यसो गर्न थाले
समाचार

चितवन बाट फन्किएर हिँडेका लालबावु काठमाडौँ पुगेर यसो गर्न थाले

  • नागरिक रैबार
चितवन बाट फन्किएर हिँडेका लालबावु काठमाडौँ पुगेर यसो गर्न थाले

नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन चितवनमा सम्पन्न भएको छ । एमाले नेता लालबावु पण्डितका लागी यो महाधिवेशन बिर्सनलायक परिघटना बनेको छ ।
महाधिवेशन बाट पदाधिकारीमा समेटिने औधी इच्छा राखेका पण्डीत अध्यक्ष केपी ओलीले पदाधिकारीमा नभएर केन्द्रिय सदस्यमा मात्रै नाम प्रस्ताव गरे पछि फन्किएर चितवन छोडेका थिए । कुनै पनि कार्यकारी पदमा नबस्ने घोषणा गरेका उनले अब के गर्छन् भन्ने चासो आम रुपमा रहेको छ ।

पदाधीकारी नपाए पछि केन्द्रिय सदस्य समेत अस्विकार गरेर महाधिवेशनमा आफ्नो मताधिकार समेत प्रयोग नगरि काठमाडौँ फर्किएका पण्डितले अहिले महाभारत अध्ययन गरिरहेका छन् । उनले आफुलाई महाभारतको पात्र भिष्म सँग तुलना गर्दै मन बुझाउँने बाटो लिएका छन् ।
महाभारतको पात्र भिष्मले जसरी आफ्नो निजी स्वार्थ छोडेर आफ्नै वंशीय राज्य सत्ताका लागी पवित्र सोचले लाग्दा आफ्नै वंशका प्रिय प्राप्तहरुबाट मृत्युवरण गर्नु परेको थियो आफ्नो हालत अहिले त्यस्तै भएको संकेत उनले गरेका छन् ।

चितवन बाट फकिएको दुई दिन पछि सामाजिक संजालमा स्टाटस लेख्दै पण्डितले महाभारत र इतिहास पढ्नु पर्ने बिषय रहेछ भनेका छन् । कुनै पनि कार्यकारी पदमा नबस्ने घोषणा गरेका पण्डितले आफ्नो हैसियत अहिले एमालेको संगठित सदस्य मात्रै भएको बताएका छन् ।
एकाबिहानै आफ्नो सामाजिक संजालमा पण्डीतले लेखेका छन् ।गंगा पुत्र भीष्म आफना सम्पूर्ण निजी स्वार्थहरु त्यागी रास्ट्र र वंशीय राज्य सत्ता को लागि जती नै पवित्र बिचार राखेर अघि बढ़े पनि आफनै बंशका आफनै प्रिय पात्रबाट अतिनै दुखदायी मृत्यु बरण हाँसी हाँसी गर्नु परेको इतिहास साच्छि रहेको छ ।त्यसैले महाभारत र इतिहास पढनु को साथै समझनु जरूरी रहे छ ।

पण्डीतको यस्तो स्टासमा सयौँले प्रतिक्रिया दिएका छन् । प्रतिक्रियाहरु भने उनलाई उत्साहित बनाउँने खालका कम छन् । धेरैले उनको कदम गलत भएको भनेका छन् भने केहिले माधव नेपाललाई धोका दिँदाको परिणाम भनेर खुचिङ मोरका छन् । केहीले भने लालबावु माथी साँचै अन्याय भएको भन्दै उनको पक्षमा उभिएका छन् ।  अाे टिभी नेपालबाट साभार

विज्ञापन

 

 

 

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
देश/प्रदेश
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • २ हप्ता अगाडि