होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेपाली काँग्रेस बाजुराको प्रदेश (ख) को सभापतीमा खाती बिजयी,
समाचार

नेपाली काँग्रेस बाजुराको प्रदेश (ख) को सभापतीमा खाती बिजयी,

  • नागरिक रैबार
नेपाली काँग्रेस बाजुराको प्रदेश (ख) को सभापतीमा खाती बिजयी,

नागरिक रैबार/बाजुरा १५ असोज। नेपाली काँग्रेस बाजुराको ७ औँ जिल्ला अधिबेशनमा प्रदेश (ख) को सभापतीमा देउवा पक्षका रंग बहादुर खाती बिजयी भएका छन । उनले ४ सय ३७ मत ल्याएर बिजयी भएका हुन भने उनका प्रतिदन्दी पाैडेल पक्षका देब बहादुर रोकायाले २ सय ७५ मत ल्याएर पराजित भएका छन । शुक्रबार भएको मतदानमा ७ सय २५ मत खसेको थिए । प्रदेश (ख) को सभापतीमा रंग बहादुर खाती र देब बहादुर रोकाया बिचको टिममा भएको ७ सय २७ मत मध्य ७ सय २५ मत खसेको मत खसेकका थिए ।

त्यस्तै उपसभापतीमा २ जनामा ६ जनाको उम्मेद्धारी रहेका थिए । जसमा शेर बहादुर सिंहले ३ सय ९० र दिल ब. बुढाले ३ सय ६ मत ल्याएर बिजय भएका छन ।
सचिवमा चक्रराज जोशीले ४ सय ५२ र दिल ब. थापाले ३ सय ३० मत ल्याएर बिजयी भएका छन । त्यस्तै सहसचिवमा अर्जुन नाथले ४ सय ४६ र महेन्द्र रावलले ३ सय १५ मत ल्याएर बिजयी भएका छन ।

प्रदेश अधिबेशन प्रतिनिधीमा सुरत शाहले ३ सय ५०, परे नाथ प्रेमले ४ सय ९५, ताल बहादुर रावतले ३ सय ३६, चन्द बहादुर रावतले २ सय ५५, हिरेन्द्र बहादुर रोकायाले ३ सय ४, जनक बहादुर सिहंले २ सय ८२ र जनक बहादुर रोकायाले २ सय २९ मत ल्याएर बिजयी भएका छन । खस आर्य खुलामा भानुभक्त पाध्यायले ४ सय २२, हर्क बहादुर रावतले ३ सय ३८ र तेज बहादुर कडायतले ३ सय ८९ मत ल्याएर बिजयी भएका छन । खस आर्य महिला प्रदेश प्रतिनिधीमा सितादेबी अएडीले ३ सय ६५, जानकी देबी रावलले ४ सय ५० मत ल्याएर बिजयी भएकी छन । त्यसै गरी दलित खुला प्रतिनिधिमा मंगलसिं सेरालाले ५ सय १३ मत ल्याएर बिजयी भएका छन । अपाङ्ग, मधेशी, थारु, अल्पसख्यं र मुस्लीम मध्ये रामप्रसाद रेग्मीले ३ सय ५८ मत ल्याएर बिजयी भएका छन ।

विज्ञापन

No photo description available.

No photo description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै