होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कर्णालीमा एमालेका ३ सांसदले रोजे एकीकृत समाजवादी
समाचार

कर्णालीमा एमालेका ३ सांसदले रोजे एकीकृत समाजवादी

  • नागरिक रैबार
कर्णालीमा एमालेका ३ सांसदले रोजे एकीकृत समाजवादी

काठमाडौं । कर्णालीमा नेकपा एमालेका ३ जना सांसदले नेकपा एकीकृत समाजवादी रोजेका छन् । मुगुका चन्द्रबहादुर शाही, रुकुम पश्चिमकी देवी ओली र जुम्लाका पदमबहादुर रोकायाले नेकपा एकीकृत समाजवादी रोजेका हुन् ।

सांसद ओलीले बुधबार आफूहरु ३ जना प्रदेश निर्वाच कार्यालय पुगेर नेकपा एकीकृत समाजवादी दल रोजेको जानकारी गराएको बताइन् ।

कर्णाली प्रदेशसभामा नेकपा एमालेबाट २० सांसद निर्वाचित भएका थिए । तीमध्ये फ्लोर क्रस गर्ने ४ जना पदमुक्त भएका छन् । हाल एमालेको १६ जना सांसद कायम रहेकामा ३ जनाले एकीकृत समाजवादी रोजेपछि एमालेको सांसद संख्या १३ मा झरेको छ ।

विज्ञापन

विभाजन भएपछि जनप्रतिनिधिलाई दल रोज्ने समय भदौ २२ गतेसम्मलाई तोकिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार