होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • विचित्र संसार
  • श्रीमतीलाई प्लास्टिकमा बेरेर बनाइयो विश्व कीर्तिमान
विचित्र संसार

श्रीमतीलाई प्लास्टिकमा बेरेर बनाइयो विश्व कीर्तिमान

  • नागरिक रैबार
श्रीमतीलाई प्लास्टिकमा बेरेर बनाइयो विश्व कीर्तिमान

संसारमा केही यस्ता विश्व रेकर्ड बन्दछन्जु, न निकै अविश्वसनीय तथा रोचक पनि हुन्छन् । एकजना व्यक्तिले आफ्नी पत्नीलाई प्लास्टिकमा बेरेरसमेत विश्व कीर्तिमान कायम गरेका छन् ।

अमेरिकाको इडाहोमा बस्ने डेभिड रश नामका ती व्यत्तिले १ मिनेट २.४४ सेकेण्डमै आफ्नी पत्नीलाई पोलिथिनभित्र लपेटेर गिनज बुकमा नाम लेखाएका हुन् ।

विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित शिक्षालाई बढावा दिनका लागि आफूले यस्तो कदम चालेको रश बताउँछन् । रशले यस प्राविधिक शिक्षाको प्रवर्द्धन गर्ने भन्दै विभिन्न डेढ सय विश्व कीर्तिमान कायम गरिसकेका छन् ।

विज्ञापन

यसअघि उनले सन् २०१९ मा पनि उनले आफ्नी पत्नीलाई १ मिनेट ५७ सेकेण्डमा प्लास्टिक र्‍यापले बेरेर कीर्तिमान कायम गरेका थिए । यसपटक उनले उक्त समयभन्दा पनि कम अर्थात् १ मिनेट २.४४ सेकेण्डमै पत्नीलाई प्लास्टिकमा र्याप गरेर आफ्नै अघिल्लो कीर्तिमान भङ्ग गरेका हुन् ।

उनका अनुसार पत्नीलाई प्लास्टिकमा बेर्ने अभ्यास गर्नका लागि ९ रोल प्लास्टिकको र्‍यापिङ पेपर सकिएको थियो ।

एजेन्सीको सहयोगमा

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार