होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन ११, २०८२
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • राष्ट्रिय आविष्कार केन्द्रद्धारा टाँटे स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग
समाचार

राष्ट्रिय आविष्कार केन्द्रद्धारा टाँटे स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग

  • नागरिक रैबार
राष्ट्रिय आविष्कार केन्द्रद्धारा टाँटे स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग

नागरिक रैबार/बाजुरा १८ जेठ। राष्ट्रिय आविष्कार केन्द्र /Remote Covid Repose Team ले बुढीगंगा नगरपालिकाको टाँटे स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

नगरपालिकामा कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि भन्दै उक्त केन्द्रले बुढीगंगा नगरपालिकाको कोभिड १९ अस्थायी अस्पताल/ टाँटे स्वास्थ्य चौकीलाई कन्सेन्ट्रेटर ३ थान, नेबुलाइजर २ थान, पल्स अक्सिमिटर २ थान, केएन ९५ मास्क, सर्जिकल मास्क, भिटामिन सी, क्यानुला, मिथाइल प्रिडिसोलन इन्जेक्सन, पिपिइ लगाएतका स्वास्थ्य उपकरण तथा सामाग्रीहरु सहयोग गरेको हो ।

उपकरण र सामाग्रीहरुसहित आज एक अनौपचारिक कार्यक्रमका विच काठमाडौबाट आएका सञ्जय ठकुरी, दिपेन्द्र बस्नेत र भुवन श्रेष्ठले टाँटे स्वास्थ्य चौकीलाई हस्तान्त्रण गरेको नगर प्रमुख दिपक विक्रम शाहले बताएका छन् ।

विज्ञापन

No photo description available.

बुढीगंगा नगरपालिका बासीको स्वास्थ्य क्षेत्रलाई मध्येनजर गरी टाँटे स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री व्यवस्थापनका लागि दिपक विष्टले समन्वय गरेको नगर प्रमुख शाहले बताए ।
May be an image of 2 people, people standing and outdoors

स्वास्थ्य चौकीमा उपलब्ध भएको उपकरण तथा सामाग्रीहरुले बुढीगंगा नगरपालिकामा कोरोना रोकथाम तथा नियन्त्रणमा निकै सहयोग नगरपालिकाले अपेक्षा राखेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री
समाचार
भारी वर्षाको अनुमान छ, अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई अत्यावश्यकबाहेक यात्रा नगर्न र सुरक्षित स्थानमा बस्न अनुरोध गरेका छन्।मौसम पूर्वानुमान महाशाखाले आज दिउँसोदेखि देशका विभिन्न भू–भागमा भारी वर्षाको सम्भावना रहेको जानकारीका गराएपश्चात प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्। बाढी, पहिरो, डुबानलगायत सम्भावित विपद्‌बाट हुनसक्ने क्षति न्यूनीकरणका लागि संघ, प्रदेश र स्थानीय सरकारका सम्बन्धित निकायहरूलाई […]

  • ६ दिन अगाडि

भर्खरै